मंगलबार , बैसाख २९, २०८३

गीतकार डा. डीआर उपाध्यायले ८० विश्व कीर्तिमान कायम गरेका छन् । उनले बिहीबार २१ विश्व कीर्तिमान थप्दै कीर्तिमानको सूची ८० पुर्याएका हुन् । विहीबार राजधानीमा आयोजित एक विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य संघ (अनेसास)का निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठ लगायतले संयुक्त रुपमा उनलाई उनलाई २१ विश्व रकर्ड प्रदान गरे । यस अगाडि डा. उपाध्यायले ५९ विभिन्न विश्व रेकर्ड कायम गरिसकेका छन् ।

कार्यक्रममा महानिरीक्षक खनालले नेपालीका लागि उपाध्यायको कार्य उदाहरणीय व्यक्ति भएको बताए । उनले उपाध्ययको जस्तो काम सबैले गर्न नसक्ने धारणा राखेका थिए ।
त्यस्तै संगीतकार सन्तोष श्रेष्ठ उपाध्याय व्यक्ति नभएर समग्र नेपालकै लागि गौरवको कुरा भएको धारणा राखे ।

डा. उपाध्यायले आफूले हरेक कार्यलाई पृथक तरिकाले कार्य गर्ने गरेको र यसले विश्व रेकर्ड कायम गर्दै गएको कार्यक्रममा बताए । देशका लागि आफूले यो सबै गरेको बताएका उपाध्यायले चाडै नै एकसय रेकर्ड पुर्याउने लक्ष्य लिएर आफू अगाडि बढिरहेको बताए ।

डा. उपाध्यायले अमेरिकन बुक अफ रेकर्ड, एसियन वल्र्ड रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, वल्र्ड ट्यालेन्ट बुक, एभरेष्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, द व्रिटिस वल्र्ड रेकर्ड जस्ता दश संस्था बाट २१ विधामा एकसाथ रेकर्ड बनाएका हुन् ।

उनले रेकर्ड बनाएको २१ बिधामा संगीतका विभिन्न तालहरू (क्लासिकल बिट) सम्बन्धी गीत, ट्राफिक चिन्ह समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी शहर समेटिएको गीति कविता, जनावरहरुको नाम समेटिएको गीति कविता, प्रत्येक एक बारमा आधा आधा कर्ड समेटिएको गीत, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नारीहरूको नाम समेटिएको गीति कविता, विश्व सम्पदाहरूको नाम समेटिएको गीति कविता, विश्व प्रख्यात केकहरूको नाम समावेश गरिएको गीति कविता, विश्वका पुराना मन्दिरहरूको नाम समावेश गरिएको गीति कविता, प्लेकार्ड साइजमा सय भन्दा बढी आफ्ना गीत प्रिन्टलगायतका रहेका छन् ।

गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चुडामणी देवकोटा, अनेसासका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली लगायतको उपस्थिती रहेको कार्यक्रममा कार्यक्रममा महानिरीक्षक खनाल, सङ्गीतकार सन्तोष श्रेष्ठ, सञ्चारकर्मी नरेश भट्टराई, कृष्ण भुसाल, गीता अधिकारी लगायतलाई बुकअफ रकेर्डबाट प्रदान गरिएको सर्टिफिकेट अफ एप्रिसिएसन प्रदान गरिएको थियो । डा. उपाध्याका २५ गीती एल्वम, १२ उपन्यासका साथै तीन गीति पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP