शुक्रबार , जेठ २४, २०८२

नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण सिंगो देशले दुःख पाएको बताएका छन् ।

१४ औँ महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले ओलीको अहंकार र अयोग्यताका कारण देशले सजाय भोग्नु परेको बताएका हुन् ।

‘नेपाल कम्युनिस्ट, त्यो पार्टीको नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र अयोग्यताका कारणले गर्दा सिंगो नेपाल, खास गरेर एउटा पुस्ताले नै करिब-करिब त्यसको सजाय भोग्नु परेको छ ।’

उनले नचाहँदा नचाहँदै आफ्नो पार्टीको नेतृत्वमा सरकार सञ्चालन गर्नुपर्ने अवस्था आएको पनि बताए ।

उनले भने ‘हामी चाहन्थौँ, सभापति शेरबहादुर देउवा पनि चाहनुहुन्थ्यो, अहिले कम्युनिस्टको सरकार होस् । हामी प्रतिपक्षीको भूमिका निर्वाह गरेर पाँच वर्षपछिको आवाधिक निर्वाचनमा सरकार परिवर्तन गर्ने एउटा संकल्पका साथ आउने अवस्था बनोस् भन्ने हामी सबै चाहन्छौँ ।’

उनले अहिले आफ्नो पार्टीको प्रदेशमा पनि सरकार भएको तर आफूहरूको यस्तो चाहना नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP