
नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या थप्ने निर्णय गरेको छ। पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए।
उनका अनुसार पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने निर्णय भएको महराले बताए। त्यस्तै केन्द्रीय कमिटी सदस्यहरुलाई मंसिर २५ गते हुने प्रदेश सम्मेलनबाट प्रदेश कमिटीमा जानका लागि पार्टीको तर्फबाट बल नगर्ने निर्णय गरेको छ।