सोमबार , बैसाख ८, २०८२

‘मैले एकजना व्यक्तिलाई मात्रै देखेँ । उनी जलिरहेका थिए र त्यसपछि उनी तल खसे । म आत्तिएँ ।’ यो जानकारी कृष्णास्वामीले दिएका हुन् । उनी बुधबार भएको उक्त हेलिकोप्टर दुर्घटनाका प्रत्यक्षदर्शी हुन् जसमा भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) जनरल बिपिन रावतको मृत्यु भयो ।

उक्त दुर्घटनामा जनरल रावतकी श्रीमती मधुलिका रावत र हेलिकोप्टरमा सवार अन्य ११ जनाको पनि मृत्यु भयो । दुर्घटनामा बाँचेका एक्ला व्यक्ति क्याप्टेन वरुण सिंहको उपचार चलिरहेको छ । वायुसेनाले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ । दुर्घटनाका प्रत्यक्षदर्शी कृष्णास्वामी ६८ वर्षका हुन् । जहाँ दुर्घटना भयो, उनी त्यो स्थान नजिकै बस्छन् । उनले पुरा घटनाबारे जानकारी दिएका छन् ।

प्रत्यक्षदर्शीले के देखे ?

उनले भने, ‘म घरका लागि एउटा काठ लिन गएको थिएँ । घरमा पानी थिएन किनभने पाइप भाँच्चिएको थियो । चन्द्रकुमार र म यसको मर्मत गरिरहेका थियौं । त्यतिबेला हामीले ठूलो आवाज सुन्यौं ।’

‘बिस्फोटले बिजुलीको पोलसमेत हल्लिएको थियो । रुख उखेलिए । के भयो भनेर हेर्दा धुँवा आइरहेको थियो । यसले पूरा इलाका ढाकेको थियो । रुखको माथितिर आगोको लप्का देखिएको थियो । मैले आफ्नो आँखाले एकजना व्यक्तिमात्रै देखेँ । उनी जलिरहेका थिए, त्यसपछि उनी तल खसे । म आत्तिएँ । म दौडदैं फिर्ता भएँ, छिमेकीलाई दमकल र प्रहरी बोलाउन भनेँ । केही समयपछि अधिकारी पनि आए । त्यसपछि मैले शवलाई लगेको देखिनँ । म आत्तिएको थिएँ । घर आए र पल्टिएँ ।’

अन्तिम यात्राः

जनरल रावत र उनकी श्रीमतीसमेत १४ जना भारतीय वायु सेनाको एमआई–१७ भी५ हेलिकोप्टरमा सवार थिए । यो हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको थियो ।

यो हेलिकोप्टर सुलुरको आर्मी बेसबाट निस्किएको थियो र जनरल रावतलाई लिएर वेलिङ्टन सैन्य क्याम्पतर्फ अघि बढिरहेको थियो ।

बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP