
उम्मेदवारको पहिलो नामावली प्रकाशन देवनागरिक वर्णानुक्रम अनुसा २५ मंसिरको बेलुका ९ देखि १२ बजेसम्म तय गरेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ मंसिरको दिउँसो सवा १२ बजे तोकिएको छ ।
मतदान २७ मंसिरको विहान ८ बजेदेखि राष्ट्रिय सभागृह भृकुटी मण्डपमा तय गरिएको छ ।
सभापति पदको मतगणना राष्ट्रिय सभागृहमै गरिने उल्लेख छ । तर, दोस्रो चरणको मतदान गर्नुपर्ने भएमा लगत्तै गर्ने जनाइएको छ ।
सभापतिबाहेक अन्य पदाधिकारीको मतगणना निर्वाचन समितिले तोकेको केठामा र केन्द्रीय सदस्यहरुको पार्टी कार्यालय सानेपामा गरिने काँग्रेसले जनाएको छ ।