मंगलबार , बैसाख २९, २०८३

राप्रपाको बुधबार बसेको पहिलो केन्द्रीय कमिटीको बैठकमा निवर्तमान अध्यक्ष कमल थापा अनुपस्थित भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा थापा अनुपस्थित भएका हुन् । उनी बैठकमा अनुपस्थित रहेपनि उनका लागि कुर्सी छुट्याइएको थियो । थापा अनुपस्थित भएकै कारण नेताहरु बस्ने रोमा उनको कुर्सी खाली रहेको तस्बिर सार्वजनिक भएको छ ।

थापाका लागि अध्यक्ष राजेन्द्र लिङदेनसँगै कुर्सीको व्यवस्था गरेको तस्बिरमा देखिन्छ । तर निवर्तमान अध्यक्षद्धय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी भने अध्यक्ष लिङ्देनको दायाँतर्फ बसेका देखिन्छन् । थापाका लागि भने लिङदेनको बायाँतर्फ कुर्सी राखिएपनि खाली रहेको देखिन्छ । कुर्सीलाई खाली नै राखेर उपाध्यक्ष बुद्धिमान तामाङ बायाँतर्फ बसेका छन् । थापाले महाधिवेशनमा नेतृत्व चयनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेप भएको भन्दै त्यसबारे छानबिनको माग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP