सोमबार , भाद्र १५, २०८३

नेपाली काँग्रेसको संस्थापन पक्षमा सभापति शेरबहादुर देउवालाई नेतृत्वमा चुनौती दिने कोही अगाडि सरेनन् । सभापतिको दाबी गरेका उपसभापति विमलेन्द्र निधिले टिम छाडिसकेका छन् । अब देउवा नै नेतृत्वको एकमात्र दाबेदारका रुपमा संस्थापन पक्षमा देखिएका छन् ।देउवाले आज बुढानिलकण्ठमा आफू पक्षधरलाई डाकेर महाधिवेशनको आन्तरिक तयारीबारे छलफल गरे । सबैले सर्वसम्मत देउवालाई जिताउने गरी लागेको सुनाए । धेरैले बहुमत नै आफ्नो पक्षमा आइसकेको सुनाए । तर, इतर समूहको तयारी हेरेर कडा रुपमा जानुपर्नेबारे पनि छलफल भएको बुझिएको छ ।

देउवाले टिम मिलाएर लानेबारे पनि छलफल गरेको बुझिएको छ । उनले आकांक्षीहरुबारे पनि चासो राखेका थिए ।

देउवालाई भेटेर धेरैले पदाधिकारीको दाबी गरिरहेका छन् । उपसभापतिमा गोपालमान श्रेष्ठ र पूर्णबहादुर खड्काको दाबी छ । तर, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई व्यवस्थापन गर्नुपर्ने चुनौती देउवालाई छ । सिटौलाको साथ लिन उनलाई उपसभापति दिनुपर्ने हुनसक्छ । सिटौला समूहबाट महामन्त्रीमा प्रदीप पौडेललाई व्यवस्थापन गनुपर्ने चुनौती छ ।

देउवा समूहमा महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाँड, केन्द्रीय सदस्य एनपी साउदका अलावा प्रवक्ता विश्वप्रकाश शर्मा पनि दाबेदार छन् ।

सहमहामन्त्रीमा दर्जन जति आकांक्षी छन् । धेरै आकांक्षी भएपछि देउवालाई नयाँ चुनौती थपिएको छ । टिम व्यवस्थापन गर्न नसक्ने गुट परिवर्तन हुनसक्ने भय पनि देउवालाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP