शनिबार , भाद्र १३, २०८३

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले विशेषतः बालबालिका तथा खोप नलगाएका व्यक्तिलाई संक्रमित गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ ।​ डब्ल्यूएचओकी चिफ साइन्टिस्ट सौम्या स्वामीनाथनले यस्तो चेतावनी जारी गरेकी हुन् ।

सीएनबीसी–न्यूज–१८ का अनुसार ओमिक्रोनको विषयमा डब्ल्यूएचओकी सौम्याले दक्षिण अफ्रिकामा ओमिक्रोनका संक्रमितमध्ये बालबालिका पनि समावेश भएको जानकारी दिएकी छिन् । ​स्वामीनाथनका अनुसार दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्टका संक्रमित तीब्र रुपमा बढिरहेका छन् । रिपोर्टले त्यहाँ यो स्ट्रेनका कारण धेरै बालबालिका संक्रमित भइरहेको जानकारी दिन्छ ।

पछिल्ला सबै लहरमा कोरोनाले बालबालिकामाथि खासै धेरै प्रभाव पारेको थिएन । तर दक्षिण अफ्रिकामा ओमिक्रोनले बालबालिकालाई बढी नै संक्रमित गराउनु चिन्ताको विषय हो ।

५ वर्षभन्दा कम उमेरका बालबालिकामा तीब्र रुपमा फैलिरहेको छ ओमिक्रोनः

सुरुवाती रिपोर्ट अनुसार दक्षिण अफ्रिकामा ओमिक्रोनका कारण पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको अस्पताल भर्ना हुने दर बढेको छ । दक्षिण अफ्रिकाको नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी) मा पब्लिक हेल्थ एक्सपर्ट वसिला जसतले यो लहरमा एउटा नयाँ ट्रेन्ड पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई अस्पताल भर्ना गर्ने दरमा वृद्धि देखिएको जानकारी दिइन् । एनआइसीडीका अनुसार सबै उमेरका बालबालिकामा ओमिक्रोन संक्रमण देखिएपनि यो पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा तीब्र रुपमा फैलिरहेको छ ।

एनआइसीडीले थपेको छ, ‘दक्षिण अफ्रिकामा ओमिक्रोनको इपिसेन्टर शहर त्श्वाने शहरमा अस्पताल भर्ना हुने बालबालिकाको कूल संख्यामध्ये करिब १० प्रतिशत दुई वर्षभन्दा कम उमेरका छन् ।’

ओमिक्रोनबारे डब्ल्यूएचओले थप के चेतावनी दियो ?

डब्लयूएचओका अनुसार दक्षिण अफ्रिकामा ओमिक्रोनका संक्रमित जतिपनि देखिएका छन् त्यसलाई आधार बनाएर भन्ने हो भने यो खोप नलगाएका व्यक्तिहरुमा तीब्र रुपमा फैलिरहेको छ ।

स्वामीनाथनका अनुसार कोरोनाको नयाँ भेरियन्टमा डेल्टाको तुलनामा पुनः संक्रमित (संक्रमणको ९० दिनपछि) हुनुको खतरा तीन गुणा बढी छ ।

यद्यपि, ओमिक्रोन कति घातक भेरियन्ट हो, यसको गम्भीरताबारे बुझ्न थप दुई तीन हप्ता लाग्ने डब्ल्यूएचओले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP