सोमबार , बैसाख ८, २०८२

स्पेनिस क्लब रियल म्याड्रिड समूह विजेता बन्न सफल भएको छ ।

इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै रियल युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ ।

घरेलु मैदानमा टोनी क्रुस र मार्को एसेन्सियोले गोल गरेपछि रियलले २–० को सहज जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो । दुवै टोलीले समूह चरण पार गरेपनि समूह विजेताको छिनोफानो हुने खेलमा रियलले बाजी मारेको हो ।

सान्टियागो बर्नबेउमा गएराति भएको खेलको १७ औं मिनेटमा रोड्रिगोको पासमा मिडफिल्डर टोनी क्रुसको गोलबाट रियलले अग्रता लिन सफल भएको थियो । ७८औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान प्रवेश गरेका विंगर मार्को एसेन्सियोले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै घरेलु टोली रियलको जित पक्का गरे ।

यो जितसँगै समुह ‘डी’ मा रियलले ६ खेलबाट १५ अंक जोडेको छ । त्यस्तै गएराति नै भएको सोही समुहको अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र मोल्दोभाको एफसी सेरिफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP