मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि २४ मंसिरबाट काठमाडौंमा १४औं महाधिवेशन हुँदै छ । महाधिवेशनमा देश तथा विदेशबाट गरी ४ हजार ६ सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनमा ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने छन् । यसैगरी, ती निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, जिल्ला कार्यसमितिका सभापतिसहित, भ्रातृ एवं शुभेच्छुक संघसंस्थाबाट निर्वाचित प्रतिनिधिहरू पनि महाधिवेशन प्रतिनिधिका रूपमा आउनेछन् ।

यसैगरी, विदेशस्थित जनसम्पर्क समितिबाट पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधि आउँदै छन् । विदेशबाट कति प्रतिनिधि आउँछन् भन्ने अझै तय भइसकेको छैन ।

कांग्रेसले महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई ठमेल, गौशाला र सुन्धारामा आवासको व्यवस्था गरेको छ । कांग्रेसको आवास तथा भोजन समितिका संयोजक सुरेन्द्र पाण्डेका अनुसार महाधिवेशन प्रतिनिधिहरूका लागि काठमाडौंमा ८६ वटा होटलमा ४ हजार ६ सय कोठा बुक गरिएको छ ।

महाधिवेशनमा खान र बस्नका लागि मात्रै ३ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान कांग्रेसको छ । महाधिवेशनमा आउनेहरूका लागि २३ देखि २७ गतेसम्म आवासको व्यवस्था गरिएको संयोजक पाण्डेले जानकारी दिए । ती होटलको एउटा कोठाको भाडा ८ सय रुपैयाँ पर्नेछ ।

यसैगरी, प्रतिनिधिहरूलाई महाधिवेशनस्थल भृकुटीमण्डपमा नै खानाको व्यवस्था गरिएको छ । कांग्रेसले एक छाक खानाको १२ सय रुपैयाँ छुट्याएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP