मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भोलि बुधवार बेलुकासम्म पार्टीको १४ औँ महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ ।

आज मङ्गलबार चाक्सीबारीमा रहेकाे नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरूको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलिसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो ।

महाधिवेशनबाट कांग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि भोलि बेलुकासम्म आफूहरू पक्षले सहमतिमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिनुभयो । त्यसका लागि आजको बैठकमा सहमतिको नजिक पुगिएको पनि उहाँले दाबी गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘नेपाली कांग्रेसको रूपान्तरण चाहने विचार समूहको बीचमा हामी साथीहरूले आज विभिन्न कोणबाट छलफल गर्‍याैँ । हामी सहमतिको निकै नजिक पुगेका छौँ । हाम्रो निर्णय भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ । महाधिवेशनमा हामी कसरी पार्टी जोगाउन सफल हुन्छौँ, सबै पक्षमा छलफल गरेर हामी एउटा निष्कर्ष नजिक पुगेका छौँ ।’

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ गतेदेखि काठमाण्डाैमा सुरु हुँदैछ ।

वरिष्ठ नेता पौडेल पक्षबाट पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेता सिंह र डा. शेखर कोइराला सभापतिको उम्मेदवारको आकाङ्क्षी रहनुभएको छ । वरिष्ठ नेता पौडेलले भने सहमतिमै उम्मेदवारी दिने गरी सहमतिको नजिक पुगिएको दाबी गर्नुभयो । यता संस्थापन पक्षबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP