मंगलबार , बैसाख २९, २०८३

सरकारले कोरोना भाइरसविरुद्धको खोपको तेस्रो डोज अथजा बुस्टर डोज लगाउनेबारे छलफल शुरु गरेको छ । विभिन्न देशहरुले कोभिड-१९विरुद्ध खोपको प्रभावकारी कम हुन नदिन बुस्टर डोज लगाउँदै आएका छन् । नेपालमा बढी संक्रामक हुनसक्ने अनुमान गरिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टरडोज लगाउनेबारे छलफल अघि बढाएको हो ।

अमेरिका, चीन, बेलायत, ईयु, रुस, क्यानडा, फ्रान्स, इजरेल, जमर्नी, ब्राजिल, इटाली, लगायतका ३० बढी देशले कोरोना भाइरसको बुस्टरडोज यसअघि नै लगाउन थालिसकेका छन् । नेपालमा पनि मन्त्रालयले अब, जोखिमपूर्ण समुहका नागरिकलाई बुस्टर डोज लगाउने बारे छलफल अघि बढाएको हो । तर, हालसम्म कुल जनसंख्याको ३४.५ प्रतिशत नागरिकले एक मात्रै डोज लगाएका छन्, भने २८.९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।

बुस्टर डोज लगाउने बिषयमा छलफल चलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रशाद पौडेलले बताए । तर, अर्कातर्फ धेरै नागरिकहरुले अहिलेसम्म एक डोजसमेत नपाएको कारण बुस्टर डोज सुरु गरिहाल्ने स्थितीमाथि उनले गम्भीरता प्रकट गरेका छन् ।यद्यपि, बुस्टर डोज लगाउने विषयमा सकारात्मक छलफल भइरहेको मन्त्रालयको भनाइ छ । यस विषयमा थप निर्णय परिवार कल्याण महाशाखाले गर्नेछ ।

कोरोना भाइरसविरुद्ध विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अनुमति दिएका खोपहरुको पूर्ण मात्रा लगाएको ६ महिनापछि मात्रै बुस्टर डोज लगाइने गरेको छ । पूर्ण खोप लगाएको ६ महिनापछि खोपको प्रभावकारीता केही कम भएको पाइएपछि विज्ञहरुले बुस्टर डोज लगाउन सुझाव दिएका थिए ।

तर, डब्ल्यूएचओले भने धेरै मुलुकहरुले एक डोज समेत खोप नपाएका कारण बुस्टर डोजलाई कम्तिमा सन् २०२२ देखि मात्रै लगाउन थाल्न आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP