शनिबार , भाद्र १३, २०८३

अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा। एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए।

सबैभन्दा पहिला यो भेरिएन्ट देखिएको मुलुक दक्षिण अफ्रिकाबाट प्राप्त प्रारम्भिक प्रतिवेदनले पनि यो भेरियन्टका कारण अस्पताल भर्ना हुनेको संख्या डरलाग्दो हिसाबले बढोत्तरी नभएको सूचना दिएको छ।

‘यो भेरियन्टका कारण रोगको जटिलता त्यति धेरै देखिएको छैन। तर यो जटिल नभएको र यसले डेल्टाको तुलनामा गम्भीर हिसाबले बिरामी नपार्ने भनेर लापरबाही नगरी सावधान हुन जरुरी छ,’ डा। फाउसीले भने। अमेरिकाका एकतिहाइ राज्यमा ओमिक्रोन देखिएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP