मंगलबार , अषोज २७, २०८३

एक दिनको भारत यात्रा समाप्त गरेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार राती दिल्लीबाट मस्को प्रस्थान गरेका छन् । उनी भारतमा करिब ६ घण्टासम्म बसे । सोमबार बेलुका विमानस्थलबाट पुटिन हैदराबाद हाउस पुगे । त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले उनको स्वागत गरे । पुटिन र मोदीले मिडियाको उपस्थितिमा आफ्नो बयान साझा गरे । दुई देशबीच कूल २८ सम्झौता भए । दुई देशको रक्षा र विदेश मन्त्रीबीच २+२ वार्ता भयो ।

पुटिनको उपस्थितिमा मोदीले भने, ‘मेक इन इन्डिया कार्यक्रम अन्तर्गत हाम्रो रक्षा सहयोग थप बलियो भइरहेको छ । रक्षा र आर्थिक क्षेत्रमा दुबै देश महत्वपूर्ण सहयोगी हुन् । कोरोनाविरुद्ध पनि सहयोग रह्यो । आर्थिक क्षेत्रमा पनि हाम्रो सम्बन्ध अघि बढाउनका लागि हामी ठूलो भिजनमा काम गरिरहेका छौं । हामीले सन् २०२५ सम्म ३० बिलियन डलर व्यापार र ५० बिलियन डलरको लगानीको लक्ष राखेका छौं । यता पुटिनले ‘हामी भारतलाई एक महान शक्ति, विश्वासिलो साथीको रुपमा हेर्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP