सोमबार , बैसाख ८, २०८२

एक दिनको भारत यात्रा समाप्त गरेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार राती दिल्लीबाट मस्को प्रस्थान गरेका छन् । उनी भारतमा करिब ६ घण्टासम्म बसे । सोमबार बेलुका विमानस्थलबाट पुटिन हैदराबाद हाउस पुगे । त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले उनको स्वागत गरे । पुटिन र मोदीले मिडियाको उपस्थितिमा आफ्नो बयान साझा गरे । दुई देशबीच कूल २८ सम्झौता भए । दुई देशको रक्षा र विदेश मन्त्रीबीच २+२ वार्ता भयो ।

पुटिनको उपस्थितिमा मोदीले भने, ‘मेक इन इन्डिया कार्यक्रम अन्तर्गत हाम्रो रक्षा सहयोग थप बलियो भइरहेको छ । रक्षा र आर्थिक क्षेत्रमा दुबै देश महत्वपूर्ण सहयोगी हुन् । कोरोनाविरुद्ध पनि सहयोग रह्यो । आर्थिक क्षेत्रमा पनि हाम्रो सम्बन्ध अघि बढाउनका लागि हामी ठूलो भिजनमा काम गरिरहेका छौं । हामीले सन् २०२५ सम्म ३० बिलियन डलर व्यापार र ५० बिलियन डलरको लगानीको लक्ष राखेका छौं । यता पुटिनले ‘हामी भारतलाई एक महान शक्ति, विश्वासिलो साथीको रुपमा हेर्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP