मंगलबार , भाद्र १६, २०८३

नेपाल वायुसेवा निगमले नेपालमा पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति पाएको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको निगमले (ICAO) Annex-18 तथा DOC 9284 मा उल्लेख भएका खतराजन्य पदार्थहरु ओसारपसार गर्ने अनुमति पाएको हो।’खतराजन्य पदार्थ ओसारपसारको अनुमतिको लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको (ICAO) Annex-18 तथा DOC 9284 मा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरु पूरा गरेपश्चात् ने.वा.नि.का A-320 र A-330 जहाजहरुलाई खतराजन्य पदार्थ ओसारपसारको अनुमति प्रदान गरेकोमा नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छ,’ निगमका प्रवक्ता करिश्मा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

खतराजन्य पदार्थअन्तर्गतका विभिन्न औषधिजन्य र विद्युतीय सामान रहेको बताइएको छ। निगमले यसअघि नै औषधिहरुको ओसारपसार गरे पनि विद्युतीय सामानहरुको ढुवानी गर्ने अनुमति पाएको थिएन।

‘विगत ६३ वर्षदेखि हालसम्म निगमले General Cargo ओसारपसारमा मात्र सीमित रहेकोमा आगामी दिनहरुमा खतराजन्य पदार्थ अन्तर्गत पर्ने कार्गो सामानहरुको ओसारपसारमार्फत विदेशी मुद्रा मुलुकमा भित्र्याउनेछ,’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निगमको A-330 जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन रहेकोमा आगामी दिनमा खतराजन्य पदार्थ अन्तर्गतका विभिन्न औषधीजन्य र विद्युतीय सामान लगायतका सामानहरुको ओसारपसारमा सहजता भई उक्त विमानहरुको उच्चतम् सदुपयोग भई निगमको सेवा प्रभावकारितामा अभिवृद्धि हुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP