सोमबार , भाद्र १५, २०८३

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पदभार ग्रहण गरेका छन् ।

पार्टीको एकता महाधिवेशनमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित लिङ्देनले सोमबार पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।आइतबार बिहान परिणाम आएसँगै दिउँसो निर्वाचन समितिका संयोजकमा हरिबहादुर बस्नेतबाट पद तथा गोपनीयताको शपथ लिएका लिङ्देनले सोमबार पदभार ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा उनले निवर्तमान अध्यक्षत्रय थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी अभिभावकको रूपमा मात्र नभएर सक्रिय राजनीति राप्रपालाई आवश्यक पर्ने बताएका थिए ।

लिङ्देनको विजयीमा पूर्वराजा ज्ञानेन्द्र शाहको षड्यन्त्र रहेको सार्वजनिक रूपमा प्रतिक्रिया दिएका थापा आयोजित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा सहभागी भएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP