मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियामा पहिलोपटक नेपाली मुलकी महिला काउन्सिलर निर्वाचित भएकी छन् । प्रमुख प्रतिपक्षी दल लेबरबाट उम्मेदवारी दिएकी भद्र वाइबा शनिबार भएको चुनावमा न्यु साउथ वेल्स राज्यको ब्यांक्सटाउनबाट काउन्सिलर निर्वाचित भएकी हुन् । उनी अस्ट्रेलियामा काउन्सिलर बन्ने नेपाली मूलको पहिलो व्यक्ति हुन् । उक्त क्षेत्रमा नेपाली मूलका अस्ट्रेयालीहरूको बाक्लो उपस्थिति छ ।

काउन्सिलरमा विजयी भएपछि वाबाले नेपाली समुदायको हकहितका लागि प्राथमिकता साथ काम गर्ने बताएकी छन् । ‘पहिलोपटक अस्ट्रेलियाली पहिलोपटक राजनीतिमा नेपाली मूलबाट प्रतिनिधित्व हुनु नेपाली समुदायकै लागि गर्वको विषय भएको ठानेकी छु,’ वाईबाले भनिन्, ‘आफू जन्मिएको देश र यहाँ रहेका नेपाली समुदायका लागि सम्भव भएका सबै मन लगाएर गर्नेछु ।’

यस वर्षको न्यु साउथ वेल्सको निर्वाचनमा सत्तारूढ दल लिबरल र विपक्षी दल लेबरबाट गरी नेपाली मूलका ९ जनाले काउन्सिलर पदमा उम्मेदवारी दिएका थिए । क्याम्पेलटाउनबाट काउन्सिलरको उम्मेदवार बनेका विनोद पौडेलले आफू विजयी हुने दाबी गरेका छन् । उक्त क्षेत्रको मतगणना भइरहेको छ ।

अस्ट्रेलियाको मन्त्रीस्तरीय सल्लाहकार समितिका पूर्वसदस्य महेन्द्रकुमार लम्सालले वाइबाको जितले अस्ट्रेलियाली राजनीतिमा नेपालीको प्रतिनिधित्वका रूपमा बुझ्नुपर्ने सुनाए । ‘नेपालीको जनसंख्या बढेसँगै यहाँको राजनीतिमा समेत हामीले स्थानीयस्तर मै भए पनि पाइला अघि चालेका छौं,’ उनले भने ।

४ वर्षे कार्यकालका लागि हुने स्थानीय चुनावमा पहिलोपटक ठूलो संख्यामा नेपालीले उम्मेदवारी दिएका थिए । यसपहिले उम्मेदवारी दिएका नेपालीमुलका श्री नापित पराजित भएका थिए । केन्द्रीय स्तरको निर्वाचनमा भने यसअघि सत्तारुढ दल लिबरलका तर्फबाट प्रमेज श्रेष्ठले उम्मेदवारी दिएका थिए । त्यस्तै, पश्चिम अस्ट्रेलियाबाट तेस्रो ठूलो दल ग्रिनबाट भुवन खड्का उम्मेदवार बनेका थिए । तर दुवै जना पराजित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP