सोमबार , भाद्र १५, २०८३

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगतको गण्डकी प्रदेश कार्यसमितिका लागि भएको मतदान सकिएको छ । शनिबार बिहान १० बजेदेखि पोखरास्थित प्रदर्शनी केन्द्रमा भएको निर्वाचनमा १ हजार १४६ मत खसेको छ । गण्डकी प्रदेशमा कूल १ हजार १६५ जना मतदातामध्ये १ हजार १४६ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मतदान गर्ने अधिकार भएका १९ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएनन् ।

प्रदेश कार्यसमिति चयनका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह प्यानलसहितको चुनावी प्रतिस्पर्धामा छन् । संस्थापन पक्षबाट सभापतिमा पर्वतका अर्जुन प्रसाद जोशी र संस्थापन इतर पक्षबाट कास्कीका शुक्रराज शर्माले उम्मेदवारी दिएका थिए ।

सभापति, उपसभापति, महामन्त्री र सह महामन्त्री सहित ६८ पदका लागि १५० जनाले प्रतिस्पर्धा गरेका छन् । संस्थापन पक्षका सभापतिमा अर्जुन जोशीको प्यानलबाट उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेदवारी दिएका छन् ।

महामन्त्रीमा कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डेले उम्मेदवारी बनेका छन् । सह महामन्त्रीमा राजन राज पन्त, झुलबहादुर आले र ओमकला गौतमले उम्मेदवारी दिएका छन् ।संस्थापन इतरबाट उपसभापतिमा बागलुङका हरिप्रसाद श्रेष्ठ र स्याङ्जाकी कल्पना तिवारी उम्मेदवार बनेका छन् । महामन्त्रीमा नवलपुरका विष्णु लामिछाने र गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन् । सह महामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट प्रतिस्पर्धामा छन् ।

मतगणना आज साँझबाट ८ बजेबाट पोखरा उद्योग वाणिज्य संघमा गरिने नेपाली काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीले जानकारी दिए । तीन वटा ग्रुप बनाएर मतगणना गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP