बुधबार , बैसाख २४, २०८२

सत्तारुढ गठबन्धनको महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगबारे दलहरुबीच राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।

शनिबार चितवनमा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले महाअभियोग र एमसीसी अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा राष्ट्रिय सहमति र दलहरुबीच सहमति हुनुपर्ने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध भइरहेको आन्दोलनकाबीच शुक्रबार माओवादीकै सांसद रामनारायण विडारीले महाअभियोगको तयारी भइरहेको बताएका थिए । तर, शनिबार प्रचण्डले दलहरुबीच सहमति नभई अगाडि नबढ्ने बताएका हुन् । उनले कसैले जबरजस्ती एमसीसी र महाअभियोगलाई अगाडि नबढाउने बताए

यही मंसिर २८ गतेका लागि बोलाइएको संसद अधिवेशनमा कसैले एमसीसी र महाअभियोगका लागि बोलाइएको अनुमान गरे पनि त्यस्तो केही नहुने बताए । उनले संसदको नियमित हिउँदे अधिवेशन बोलाइएको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP