मंगलबार , अषोज २७, २०८३

भारतले दोस्रो टेष्ट क्रिकेटको पहिलो इनिङ्समा न्यूजिल्याण्डलाई ६२ रनमै रोकेको छ । मुम्बईमा भइरहेको टेष्टमा पहिले ब्याटिङ गरेको भारतले मायांक अग्रवालको १५० रनको मद्धतले ३२५ रन बनायो ।उक्त खेलमा न्यूजिल्याण्डका बलर एजाज पटेलले एकै इनिङ्समा भारतीय क्रिकेट टिमका सबै १० विकेट लिएर रेकर्ड बनाए । तर न्यूजिल्याण्डले आफ्नो इनिङस त्यत्तिकै नराम्रो खेल्यो ।

दुई खेलाडीले मात्र दोहोरो स्कोर जोडेको इनिङ्समा कायल जमाइसनले सर्वाधिक १७ तथा कप्तान टम लाथमले १० रन बनाए ।न्यूजिल्याण्डलाई २८.१ ओभरमै अलआउट गर्ने क्रममा रविचन्द्रन आश्विनले ४, मोहम्मद सिराजले ३, अक्षर पटेलले २ तथा जयन्त यादवले १ विकेट लिए ।

जवाफमा भारतले दोस्रो इनिङ्स पनि थालेको छ । पहिलो खेल बराबरीमा सकिएको थियो ।भारतले अन्तिम दिन न्यूजिल्याण्डका ९ विकेट ढाले पनि पूरा विकेट ढाल्न नसक्दा बराबरीमै चित्त बुझाएको थियो ।

यो खेल भने पूर्णत भारतकै नियन्त्रणमा गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP