शुक्रबार , भाद्र १२, २०८३

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब ८० करोड ७६ लाख ४ सयबराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।

यसैगरी, सेबोनको पाइपलाइनमा रहेका ६ वटा कम्पनीले कुल १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६ सय रुपैयाँबराबरको हकप्रद निष्कासनका लागि अनुमति मागेका छन् । अनुमति मागेका कम्पनीहरूमा दुईवटा बिमा, दुईवटा हाइड्रोपावर, दुईवटा फाइनान्स र एउटा विकास बैंकको हकप्रद रहेका छन् ।

आईपीओको तयारीमा रहेका २५ वटा कम्पनीमध्ये ६ वटा लघुवित्त वित्तीय संस्था, दुईवटा इन्स्योरेन्स कम्पनी, १५ वटा हाइड्रोपावर कम्पनी र दुई अन्य समूहका कम्पनी रहेका छन् । अन्य समूहका कम्पनीमा इमर्जिङ नेपाल र डिस मिडिया नेटवर्क छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार २५ वटा कम्पनीमध्ये सबैभन्दा बढी ग्रिन भेन्चर लिमिटेडले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । सो कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले १ सय १२ प्रिमियम थप गरी प्रतिकित्ता २ सय १२ मा आईपीओ निष्कासन गर्न लागेको हो । रिलायबलको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

२५ वटा कम्पनीको आईपीओ कहिलेबाट जारी हुने भने निक्र्योल भइसकेको छैन । धितोपत्र बोर्डमा निवेदन दिएपछि बोर्डले अध्ययन गर्ने, कागजात माग्दै कमेन्ट पठाउने काम गरिरहेको छ ।

सबै प्रक्रिया पूरा भएपछि धितोपत्र बोर्डले स्वीकृति दिई आईपीओ निष्कासनको प्रारम्भिक मिति तय गर्नेछ । पाइपलाइनमा रहेका कम्पनीमा सयपत्री हाइड्रोपावर, इमर्जिङ नेपाल, मोलुङ हाइड्रोपावर, रिलायबल लाइप इन्स्योन्स, थ्री स्टार हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, स्वेतगंगा हाइड्रो, मन्दाकिनी हाइड्रो र सिकिज हाइड्रोको प्रारम्भिक समीक्षा भइरहेको सेबोनले जनाएको छ ।

यसैगरी, डिस मिडिया, आईएमई लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त, रिभर फल्स पावरको समीक्षा सकी कमेन्ट पठाइसकेको धितोपत्र बोर्डले उल्लेख गरेको छ ।

त्यस्तै, समीक्षाको अन्तिम चरणमा रहेका कम्पनीमा विन्ध्यबासिनी हाइड्रो, हिमालयन हाइड्रो, बलेफी हाइड्रो, ग्रिन भेन्चर, नेस्डो समृद्ध लघुवित्त, डोर्डीखोला जलविद्युत्, अपर सोलु हाइड्रो, अपर हेवाखोला हाइड्रो, जल्पा सामुदायिक लघुवित्त र राष्ट्रउत्थान लघुवित्त रहेका छन् । आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP