शुक्रबार , भाद्र १२, २०८३

टिकटकले प्रयोगकर्ताको सिर्जनालाई सम्बोधन गर्दै फलोअरहरूले दिने गिफ्टका लागि नयाँ फिचर सार्वजनिक गरेको छ ।

‘क्रियटर नेक्स्ट’ नाम दिइएको यो फिचर अन्तर्गत टिकटकले कम्पनीबाट आफूलाई मनपर्ने क्रिएटरलाई गिफ्टमार्फत अथवा सिधै पैसा पठाउन मिल्ने सुविधा दिएकाे छ ।

टिकटकले सार्वजनिक गरेको सूचना अनुसार क्रियटर नेक्स्टको साथमा कम्पनीले ‘टिप्स’ फिचर पनि सार्वजनिक गरेकाे छ ।

जसरी प्रयोगकर्ताले इन्स्टाग्राम, फेसबुक, युट्युव तथा स्न्यापच्याटबाट पैसा कमाइरहेका छन्, त्यसरी नै टिकटकबाट पनि अब सिधै पैसा पाउन सकिनेछ ।

तर फलोअरहरूले आफ्नो कन्टेन्ट मन पराएर त्यसलाई प्रोत्साहन गरेको रुपमा पैसा कमाउन सकिनेछ । गत अक्टोबर महिनादेखि कम्पनीले यो ‘टिप्स’ फिचरलाई परीक्षण गरिरहेको थियो ।

कम्पनीका अनुसार टिकटकको प्रोफाइल पेजमा गएर सेटिङ अप्सनमा हेर्दा ‘टिप्स’ नामक अप्सन देखाइनेछ । जसअन्तर्गत फलोअरहरूले क्रिएटरलाई सोझै पैसा पठाउन सक्छन् ।

यसरी पठाइएको टिपमा टिकटकले आफ्नो कमिसन नलिने बताइएको छ । यसरी पठाएको पैसा सिधै सम्बन्धित व्यक्तिको खातामा आउनेछ ।

१८ वर्षभन्दा माथि र एक लाखभन्दा बढी फलोअर भएका कन्टेन्ट क्रियटरलाई मात्रै यो फिचर उपलब्ध हुनेछ । यस्तै टिकटकले लाइभमा दिइने गिफ्टको फिचरलाई पनि केही परिवर्तन गरेको छ ।

यसअन्तर्गत प्रयोगकर्ताले लाइभमा गिफ्टको रुपमा अब डायमण्ड पनि दिन सक्छन्, जसलाई साटेर पैसा निकाल्न मिल्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP