मंगलबार , बैसाख २९, २०८३

प्रतिनिधि सभाको बैठक २८ मंसिरका लागि आव्हान गरिएपछि देशको राजनीतिमा ठूलै गडबडी हुने सम्भावना बढेको छ । एकातर्फ, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउन ठूलै शक्ति लागेको छ अर्कोतर्फ अमेरिकी सहयोगसम्बन्धी एमसीसी वार कि पारमा जाँदैछ । अब जबरा र एमसीसीको मामला राजनीतिक कार्डका रुपमा प्रयोग हुने निश्चितप्रायः छ ।

जबराको मामला देशभित्रको मात्र नभई बाह्य शक्तिको समेत चासोमा परेको स्वयं प्रचण्डले खुलाइसकेका छन् । उनले न्यायालयको मामला भन्दै युएनको चासोबारे समेत जोडे । बाह्य शक्तिले समेत दबाब दिएको उनको भनाई थियो । एमसीसीको विषय यसै पनि बाह्य शक्तिसँग जोडिएको विषय हो । अमेरिका पास गर्न चाहन्छ । अर्को शक्ति चीन एमसीसी रोक्न लागेको विषयहरु आइरहेका छन् ।

सतहमा दलका नेताहरु देखिएपनि नेपालको राजनीतिमा अमेरिका भर्सेस चीन जस्तो भइरहेको छ । दुई शक्ति एक अर्काको प्रभाव बढाउन लागिपरेका छन् । अब संसदले धेरै निर्णय लिदैछ जस्ले राजनीतिलाई फेरि नयाँ मोडमा लान सक्छ ।

प्रचण्ड र माधव नेपाल नखुलेपनि प्रधानन्यायाधीश जबरालाई हटाउने भित्री भूमिका देखाइरहेका छन् । बारको आन्दोलनको मुहारले पनि त्यो स्पष्ट पार्छ । आन्दोलनमा प्रचण्ड र माधव नेपालनिकट कानुन व्यवसायी अग्रपंक्तिमा छन् । अर्कोतर्फ यी दुई नेता एमसीसी जस्ताको तस्तै पारित गर्ने पक्षमा छैनन् ।

अमेरिकाले २८ मंसिरको समयसीमा तोकेर निर्णय लिन भनेको छ । अब संसदमा यो टेबुलमा जानसक्छ । तर, सभामुख अग्निप्रसाद सापकोटा पनि यो विषयमा जोडिनपुग्दैछन् । एमसीसीलाई निर्णयार्थ पेश गर्न उनको भूमिका अनिवार्य छ । तर, सापकोटा एमसीसीप्रति सकारात्मक छैनन् । उनले एक महिना अघि एमसीसीबारे राष्ट्रिय सहमति या गठबन्धनभित्र सहमति हुनुपर्ने बताएका थिए । तर, दुवै सहमति बन्न सकेको छैन ।

सभामुख सापकोटामाथि अर्जुन लामा हत्याप्रकरणको मुद्दा अदालतमा विचाराधीन छ । यो उनको टाउकोमाथि झ्ण्ड्याइएको तरबार जस्तो भएको छ । यसबाट पार पाउन चाहन्छन् सभामुख सापकोटा । तर, अदालतमा यो मुद्दा अड्किएको छ । यसकारण पनि जबराको मामला र एमसीसी विभिन्न कोणबाट कतै न कतै जोडिन थालेको छ ।
अब एमसीसीबारे सत्ता गठबन्धनभित्र सहमति भएमा जबराको मामलामा गठबन्धनभित्रका दलले चाहे अनुसारको कुनै निर्णय हुनसक्छ । तर, एमसीसी पारित गर्न गठबन्धनका घटकहरु तयार नभए अर्को घटना विकास हुनसक्छ । मआभियोगको तारो अन्तै तेर्सिनसक्छ । गठबन्धन पनि भत्कनसक्ने सम्भावना छ ।

अमेरिकाले एमाले अध्यक्षमा दोस्रोपटक निर्वाचित केपी शर्मा ओलीलाई त्यसै बधाई दिएको छैन । कम्युनिस्टको नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई दिएको बधाईले कूटनीतिक अर्थ राख्छ । एमसीसी र जबराको मामलाले नयाँ माहोल सृजना गर्न सक्ने वातावरण विकास हुँदै गएको छ । देशमा ठूलै राजनीतिक गडबडीको सम्भावना बढेर गएको छ । त्यो पनि मंसिरभित्रै ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP