मंगलबार , अषोज २७, २०८३

कोरोनाका कारण लामो समय बन्द रहेर नोभेम्बर २९ देखि पुनः सञ्चालनमा आएका भारतको राजधानी नयाँ दिल्लीका विद्यालय वायु प्रदुषणका कारण बन्द भएका हुन् ।

दिल्लीका वातावरण मन्त्री गोपाल रायले अर्को सूचना जारी नभएसम्मका लागि दिल्लीका सवै विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् । दिल्लीमा वायु प्रदुषणको अवस्था अत्यन्त खराब र घातक रहेकाले अनिश्चितकालका लागि विद्यालय बन्द गर्नु परेको बताइएको छ ।

विद्यालय खुल्लै राख्दा दिल्लीको वायु प्रदुषण झन् झन् बढ्दै गएको भन्दै सर्वोच्च अदालतले सरकारको ध्यानाकर्षण गरेको भोलिपल्ट सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले जनाएका छन् । सरकारले कर्मचारीहरूलाई पनि घरबाटै काम गर्न आग्रह गरेको छ ।

सवारी साधनमा हिडडुल गर्दा वायु प्रदुषण बढ्ने र बाहिर हिड्दा वायु प्रदुषणको असर बढी पर्ने भएकाले सवारी साधनमा हिड्नु वा पैदल हिड्नु दुवै घातक हुने विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP