मंगलबार , अषोज २७, २०८३

चिरन बराल

सन् २०२० मा फैलिएको कोरोनाले नेपालमा पनि २०२० जनाको ज्यान लियो। गत माघमा पहिलो पटक नेपालमा देखिएको कोरोनाले जेठ महिनाबाट ज्यान लिन सुरु गरेको हो। नेपालमा कोरोनाको खोप अभियानको सुरुवात भएको पछिल्लो दिन नै कोरोनाबाट हुने मृत्यु शून्यमा झरेको छ।

धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सुरु भएको हो। गत साउनमा लकडाउन खुल्ला गरेपछि दैनिक जसो कोरोनाबाट मृत्यु हुने गरेको थियो।

लकडाउन औपचारिकरुपमा खुल्ला गरेपछि बिहीबार पहिलो पटक शून्य मृत्यु भयो। करिव ६ महिनामा कोरोनाको संक्रमणबाट शून्य मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय जना नयाँ संक्रमित थपिएका छन्। यस्तै बिहीबार २ सय ९६ जनाले कोरोनाको संक्रमणबाट मुक्ति पाएका छन्।

हालसम्म नेपालमा २ लाख ६५ हजार ३ सय ६५ जनामा कोरोनाको संक्रमणबाट मुक्त भएका छन्। २ लाख ७० हजार ८ सय ८८ कोरोना संक्रमित भएका छन भने ३ हजार २ सय ३ जना सक्रिय संक्रमित रहेका छन्।

खोप आए पनि जोखिम कायम

शून्य मृत्यु भए पनि कोरोनाको जोखिम कायम रहेको विज्ञहरुले बताएका छन्। नेपालमा कोरोनाको पहिलो खोप लगाउने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले खोप आए पनि जोखिम कायम रहेको बताएका हुन्।

डा. भण्डारीले खोप आएसँगै हुने लापरवाहीका कारण पनि जोखिम कायम रहेको बताए। उनले भने, ‘त्यसै पनि धेरैले कोरोनालाई व्यवास्था गरेको देखिन्थ्यो। खोप आयो भनेपछि झन यो कुराले प्रत्साहन पाउँछ। खोप आए पनि मानवीय व्यवहारबाट जोखिम कायम रहेको नै छ।’

यस्तै, जनस्वास्थ्य विज्ञ डा. शेरबहादुर पुन पनि नेपालमा पछिल्लो समय भएका गतिविधिका कारण जाखिम कायम रहेको बताउँछन। उनले विश्वमा कोरोना भाइरसको नयाँ स्ट्रेन आइरहेका बेला नेपालमा भएका राजनीतिक भेटघाट, सभासमारोह र जमघटहरुले कोरोनाको संक्रमणलाई बल पुग्ने धारणा राखे।

‘पछिल्लो पटक विश्वका धेरै देशमा देखिएको कोरोनाको नयाँ स्ट्रेनले ७० प्रतिशत बढी संक्रमण गराउन सक्छ।’ डा. पुनले भने, ‘हामीले त्यो कुरालाई लापरवाही गरेका छौं। यस्तो बेलामा सडकमा आउने, सभासमारोह गर्ने, कार्यकर्ता जम्मा गर्ने, भेला गर्ने लगायतका काम भइरहेका छन्। यदि उक्त भाइरस फैलिएको अवस्थामा झन ठूलो समस्या आउन सक्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपश्चात नेपालम सडक आन्दोलन र सभा समारोह, भेला अत्याधिक भएका छन्। डा. पुनले भने, ‘सीमित व्यक्तिहरुको स्वार्थका लागि सडकमा भएका भिडहरुले कोरोनाको जोखिम कायम राखेको हो।’

स्वास्थ्य मापदण्डको पालना गरिराखौं

नेपालमा कोरोना विरुद्धको खोप अभियान बुधबारबाट सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरेका थिए। शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य मापदण्डलाई पालना गरिराख्न सबैलाई आग्रह समेत गरे। उनले भने, ‘खोप आए पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, सरसफाइमा ध्यान दिने कुरामा ध्यान दिन नभुल्नु होला।’

जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र समीर पनि खोप आयो भन्दैमा स्वास्थ्यका मापदण्ड पालना गर्न बिर्सन नहुने बताउँछन्। उनले भने, ‘खोपले सबैलाई काम गर्छ भन्ने छैन। खोपको सफलतादर ७० प्रतिशत हुन्छ। तर, मास्कको शतप्रतिशत कोरोनाको संक्रमणबाट जोगाउँछ।’

डिसी नेपालसँगको कुराकानीमा डा समीरले भने, ‘हामीले कोरोनाविरुद्ध प्रयोग गर्दै आएको हतियार भनेको स्वास्थ्यका मापदण्ड नै हुन। हामीले सामाजिक दुरी कायम गर्ने, मास्कसधै प्रयोग गर्ने, हातधुने बानीलाई निरन्तरता दिने हो भने अझै सजिलै कोरोनाबाट मुक्ति पाउँछौं।’

कोरोना संक्रमणबो चैन ब्रेक गर्नका लागि स्वास्थ्य मापदण्डलाई जीवनशैली बनाउन पनि उनले आग्रह गरे। उनले भने, ‘हामीले स्वास्थ्य मापदण्डलाई जीवनशैली नै बनाउँनु पर्छ।’

विश्वको अवस्था

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य भएको गत २४ घण्टामा विश्वमा भने १६ हजार १ सय ५३ जनाले ज्यान गुमाएका छन्। वल्र्डोमिटरको रिपोर्ट अनुसार सबैभन्दा बढी अमेरिकामा ३ हजार ८ सय ८६ जनाले कोरोनाका कारण ज्यान गुमाए। यस्तै, म्याक्सिको, ब्राजिल र यूकेमा १ हजार बढीले ज्यान गुमाएका छन्।

विश्वमा गत २४ घण्टामा ५ लाख ९२ हजार ६ सय ९० कोरोनाका संक्रमित थपिए। यो सँगै विश्वमा कोरोना संक्रमित हुनेको संख्या १० करोड २० लाख २ हजार ९ सय १९ पुगेको छ। २१ लाख ९९ हजार ९८ जनाको कोरोनाका कारण ज्यान गएको छ भने ७ करोड ३८ लाख ४४ हजार ५ सय ६१ जना कोरोनाको संक्रमबाट मुक्त भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP