मंगलबार , अषोज २७, २०८३

भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार दुई जनामा ओमिक्रोन भेरिन्टको संक्रमण देखिएको जनाएको छ। भारतमा पहिलो पटक ओमिक्रोनको संक्रमण देखिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा संक्रमण पुष्टि भएको छ। ओमिक्रोन भेरियन्टको संक्रमण देखिएकामध्ये एक जना ६६ वर्षीय र अर्को ४६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सचिव राजेश भुषणले जानकारी दिएका छन्।

उनीहरूका विषयमा धेरै जानकारी सार्वजनिक गरिएको छैन। दुवै जनाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य सचिव भुषणले बताए।

दुई जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएपछि कर्नाटकमा स्वास्थ्य सतर्कता बढाइएको छ। कर्नाटकसँग जोडिएका राज्यमा पनि स्वास्थ्य मापदण्डमा कडाइ गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार यसअघि १२ देशमा ओमिक्रोनको संक्रमण देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP