बुधबार , बैसाख २४, २०८२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने संकेत गरेका छन् । उनले नेपाल बार एशोशिएसनको ज्ञापनपत्र बुझ्दै त्यस्तो संकेत गरेका हुन् । प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटा फर्किएपछि छलफल अगाडि बढ्ने भन्दै महाभियोगसम्मको तयारीको संकेत गरे ।

बारको आन्दोलनप्रति घुमाउरो तरिकाले समर्थन रहेको जनाउ दिदै प्रचण्डले भने,‘तपाईंहरुले बल गर्नुभएको छ । यसले न्याय क्षेत्रको ठूलो विसंगतिको अन्त्य हुन्छ ।’
न्याय क्षेत्रमा विकृति रहेको भन्दै प्रचण्डले यो विषयको अन्तर्राष्ट्रियकरण भइसकेको बताए । आफूले यूएन मिसनसँग पनि यसबारे कुरा गरेको खुलाए । उनले भने,‘यूएन मिसनसाग कुरा गर्दा पनि यो विषय उठेको छ । यसबारे गम्भीर छौं भन्न खोजेका छौं ।’

प्रचण्डले नेपाल बार एशोशिएसनका पदाधिकारीलाई गुनको पैचौं तिर्ने वचन दिए । प्रतिनिधि सभा पुनःस्थापनामा कानुन व्यवसायीहरुले ठूलो गुन लगाएको उल्लेख गर्दै भने,‘तपाईहरुको गुनको पैचौं तिर्नुपर्छ । कार्यपालिकाले ऋण तिनुपर्छ भन्ने बोध छ ।’ दलहरुले न्यायपालिकाको विषयमा छलफल गर्दै आएको समेत बताए ।

नेपाल बार एशोशिएसन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा छ । बारले शिर्ष नेताहरुलाई भेटेर जबराविरुद्ध महाभियोग ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाउने अभियान चलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP