देशभर पछिल्लो समय १२ हजार ७ सय २७ जनाको कोरोना परीक्षण गर्दा थप ३१६ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।
२४ घण्टामा २५९ जना संक्रमणमुक्त भएका छन् भने काठमाडौं उपत्यकाभित्र कुल १५० जनामा संक्रमण पुष्टि भएको छ। जसअनुसार काठमाडौंमा ११९,ललितपुरमा २९ र भक्तपुरमा दुई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, हाल देशभर ६ हजार ९ सय ५४ सक्रिय संक्रमित रहेका छन्।