मंगलबार , भाद्र १६, २०८३

बुधबारदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू गरिँदैछ । योसँगै सर्वोच्च अदालतमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न उठेको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आइरहेका थिए ।

पेसी तोक्नका लागि गोला प्रणाली लागू गर्न सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो । । नियमावली कार्यान्वयन गर्ने बारेको सूचना सोमबार नेपाल राजपत्रमा पनि प्रकाशित भइसकेको छ । गोला प्रणाली लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकारमा कटौती हुनेछ । यसअघि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमितता रोक्न गोला प्रणालीमा जानुपर्ने सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP