मंगलबार , बैसाख २९, २०८३

मानौं, सहरी क्षेत्रमा तपाईंको सवारी साधनले औसतमा १५ किलोमिटरको माइलेज दिन्छ ।

नेपाल आयल निगमले निर्धारण गरेको मूल्यअनुसार एक लिटर पेट्रोलको मूल्य १३६ रुपैयाँ पर्छ । जाम तथा भिडभाडमा यात्रा गर्दा पेट्रोलको बढी खपत हुन्छ ।

त्यसमाथि काठमाडौं उपत्यकाका सडकमा के कति जाम हुन्छ र के कति समय लाग्छ भन्ने कुराको तपाईं हामी आफै भुक्तभोगी छौं ।

यस आधारमा यदि तपाईंको कार दैनिक ५० किलोमिटर गुड्छ भने कूल ३.३३ लिटर पेट्रोल खपत हुन्छ । नेपाल आयल निगमले निर्धारण गरेको पेट्रोलको मूल्य अनुसार आजका दिनमा तपाईंको कारले दैनिक ४५३ रुपैयाँ बराबरको पेट्रोल खपत गर्छ ।

यसैलाई आधार मान्ने हो भने १ महिनामा ३० दिनमा ४५३ रुपैयाँको दरले १३ हजार ५८६ रुपैयाँको पेट्रोलमा मात्रै खर्च हुन्छ । यसमा पनि ४ दिन विदा मान्ने हो र ती दिनमा गाडी गुड्दैन भन्ने आधारमा हेर्दा २६ दिनमा तपाईंको सवारी साधनले ११ हजार ७७४ रुपैयाँको पेट्रोल खपत गर्छ ।

अब पेट्रोलमा मात्रै १ वर्षमा कति खर्च हुन्छ हेरौं । एक महिनामा १३ हजार ५८६ रुपैयाँका दरले १२ महिनामा अर्थात् १ वर्षमा तपाईंले १ लाख ६३ हजार ३६ रुपैयाँ बराबरको खर्च पेट्रोलमा खर्च गर्नुहुन्छ । लामो यात्रा गर्नुपर्यो भने त त्यसको हिसाब किताबनै बढी हुन जान्छ ।

अब विद्युतीय सवारी साधनको खर्च हेरौं ।

यदि तपाईं विद्युतीय कार चढ्नुहुन्छ भने पेट्रोल प्रयोग हुने सवारी साधनको तुलनामा निकै सस्तो पर्न जान्छ ।

मानौं तपाईंले दैनिक ५० किलोमिटरनै सवारी साधन चलाउनुहुन्छ भने एक पटक फूल चार्ज गर्न ७ युनिट विद्युत् खपत हुन्छ । नेपाल विद्युत् प्राधिकरणले औसतमा प्रतियूनिट ६ रुपैयाँमा बिजुली उपलब्ध गराएको छ ।

विद्युतीय कार पूर्ण क्षमतामा चार्ज गर्नका लागि बढीमा ६ घण्टा समय लाग्छ । अधिकतम ७ युनिट बराबरको बिजुली खर्च हुन्छ । त्यो भनेको सिंगल चार्जमा ४२ रुपैयाँ खर्च हुन्छ ।

एकपटक चार्ज गर्दा ३ दिन चलाउन सकियो भने मासिक ४२० रुपैयाँ खर्च हुन्छ । यस्तै, २ दिनको मात्रै हिसाब गर्यौ भने १५ पटक चार्ज गर्नुपर्छ । त्यसमा कूल १०५ युनिट बराबरको बिजुली खर्च हुन्छ । त्यो भनेको आजको मूल्यमा ६३० रुपैयाँ हो ।

नेपालमा अधिकांश भारतीय कम्पनीका विद्युतीय सवारी सञ्चालनमा छन् । त्यस आधारमा ४२० रुपैयाँको हिसाबले वर्षदिनभरीमा ५ हजार ४० रुपैयाँ खर्च हुन्छ । कूल २ दिनको हिसाब गर्ने हो भने वर्षदिनमा ७५६० रुपैयाँ खर्च हुन्छ ।

विद्युतीय कार र पेट्रोल कारको हिसाब हेरौं ।

वर्षदिनमा पेट्रोल कारका लागि १ लाख ६३ हजार ३६ रुपैयाँ खर्च हुन्छ भने विद्युतीय कारका लागि ५ हजार ४० रुपैयाँ खर्च गरे पुग्छ । पेट्रोल कारको तुलनामा १ वर्षमा १ लाख ५७ हजार ९९६ बराबरको बचत हुन जान्छ ।

तपाईंले यो हिसाब हेरेपछि पेट्रोल कारलाई विद्युतीय कारका परिणत गर्न सकिन्छ होला त ? भन्ने जिज्ञासा उत्पन्न भयो होला । हो, सहजै पेट्रोल कारलाई विद्युतीय सवारीमा परिणत गर्न सकिन्छ । आजको मूल्यमा हिसाब गर्दा बढीमा ५ लाख रुपैयाँ खर्च गर्ने हो भने सहजै रुपमा पेट्रोल कारलाई विद्युतीय बनाउन सकिन्छ ।

कानूनको उल्झन
प्रविधिले पेट्रोल कारलाई विद्युतीय बनाउन सक्ने भएपनि नेपालमा कानूनको अभाव छ ।

विद्यमान कानून अनुसार कुने पनि सवारी साधनको पाटपूर्जा परिवर्तन गर्न, अर्को आकार दिन पाइदैन । यो सरासर गैरकानूनी काम हो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार सवारीको विद्यमान स्वरुपलाई परिवर्तन गर्न पाइदैन । त्यससम्बन्धी कानून निर्माण गर्ने विषयमा हालसम्म कुनै तयारी पनि भएको छैन ।

यातायात व्यवस्था विभागका अधिकारीले त अनुमति नलिई कुनै पनि सवारी साधनको पाटपूर्जा परिवर्तन गरिए त्यो कानूनको भागीदार हुने बताउने गरेको छ । कानून तयारीका बारेमा प्रारम्भिक तहमा छलफल भएपनि हालसम्म कुनै निर्णय नभएको विभागका अधिकारी बताउँछन् ।

यदि कानून हुने हो भने पेट्रोल कारलाई विद्युतीय बनाउँदा लागेको खर्च उठाउन बढीमा ३ वर्ष २ महिनामै उठाउन सकिन्छ । एकातिर वातावरणीय रुपमा पनि राम्रो अर्को खर्च पनि कम हुने भएकाले सहजैरुपमा नागरिक उसतर्फ आकर्षित हुन सक्छन् । तर, कानूनको अभावमा कुनै पनि सवारी साधनको पाटपूर्जा नै परिणत गर्न उपभोक्ताले चाहेका छैनन् ।

विद्युतीय कारको खर्च प्रतिकिलोमिटर ३० पैसा बराबर मात्रै लाग्छ । पेट्रोल तथा डिजल कारको विद्युतीय बनाउनका लागि भारतका त्यस्ता कम्पनीले ५ वर्षको वारेन्टी समेत दिएको छ । कारमा प्रयोग भएको किटमा कुनै थप खर्च लाग्दैन । केवल ५ वर्षमा ब्याट्री मात्रै परिवर्तन गर्नुपर्छ ।

पेट्रोल तथा डिजल कारमा वार्षिक सर्भिसिङ खर्च पनि हुन्छ । मोबिल, इञ्जिन आयल, टायरमा खर्च हुन्छ । सरकारले कानूनी प्रबन्ध गर्ने हो भने सहजै रुपमा पेट्रोल कारलाई विद्युतीय बनाउन सकिन्छ ।

भारतमा शुरु भयो काम
भारतको दिल्ली सरकारले पेट्रोल वा डिजल कारलाई विद्युतीय बनाउनका लागि अनुमति दिएको छ । दिल्ली सरकारले १० वर्ष पूराना गाडीलाई पनि विद्युतीयमा परिवर्तन गर्नका लागि मार्ग प्रशस्त गरिदिएको छ ।

गाडी बिक्री गर्ने वा कवाडीमा समेत बिक्री गर्नु नपर्ने भएको छ । डिजल वा पेट्रोल कारलाई विद्युतीय बनाउँदा लाग्ने खर्चको केही प्रतिशत रकम अनुदान दिने व्यवस्था समेत गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा मात्रै ३८ लाख वटा पूराना गाडी छन् । त्यसमा ३५ लाख पेट्रोल र ३ लाख डिजल गाडी छन् । भारतको नेशनल ग्रीन ट्रिब्यूनल र सर्वोच्च अदालतले एक आदेश दिँदै सडकमा चलिरहेका १० वर्ष पूराना डिजल गाडी र १५ वर्ष पूरा पेट्रोल गाडीलाई विद्युतीय बनाउन भनेको छ ।

भारतको हैदरावादमा पेट्रोल वा डिजल गाडीलाई विद्युतीय बनाउने धेरै कम्पनी रहेका छन् ।

त्यसमा इट्रायो र नर्थवेएमएस प्रमुख छन् । यी दुई कम्पनीले कुनै पनि प्रकारको पेट्रोल वा डिजल कारलाई विद्युतीयमा परिवर्तन गरिदिन्छन् ।

पाईसँग वैगरआर, अल्टो, डिजायर, आइ १०, स्पार्क वा दोस्रो कुनै पेट्रोल वा डिजल कार छन् भने पनि त्यसलाई विद्युतीय बनाउन सक्नुहुन्छ । रेञ्ज वा पावर बढाउनका लागि ब्याट्री र मोटरमा फरक आउन पनि सक्छ ।

के कति लाग्छ खर्च ?
कुनै पनि नर्मल कारलाई विद्युतीय बनाउनका लागि मोटर, कन्ट्रोलर, रोलर र ब्याट्रीको प्रयोग गरिन्छ । कारमा हुने खर्च यसैमा निर्भर रहन्छ । कति किलोवाट क्षमताको ब्याट्री राख्ने र कुन खालको मोटर राख्ने भन्ने कुराले खर्चको निर्धारण हुन्छ ।

जस्तै करिब २० किलोवाटको विद्युतीय मोटर र १२ किलोवाटको लिथियम आयन ब्याट्रीका खर्च ५ लाखसम्म हुन जान्छ । यस्तै ११ किलोवाटको ब्याट्री राखियो भने त्यसको खर्च ५ लाख ७० हजारसम्म हुन जान्छ ।

कारको रेञ्ज पनि सोही कुरामा निर्भर हुन्छ । कति किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ, त्यस आधारमा खर्चको हिसाब निस्कन्छ । जस्तै १२ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री राखियो भने फूल चार्ज हुँदा करिब ७० किलोमिटरको रेञ्ज दिन्छ । २२ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री राखियो भने रेञ्ज बढेर १५० किलोमिटरसम्म हुन जान्छ । मोटर बढी शक्तिशाली भएको खण्डमा कारको रेञ्ज कम हुन जान्छ ।

कसरी परिवर्तन हुन्छ ?
जानकारहरुका अनुसार कुनै पनि इन्धन सवारीलाई विद्युतीयमा परिवर्तन गर्दा सबै मेकानिकल पार्ट परिवर्तन गरिन्छ ।

कारको इञ्जिन, इन्धन ट्यांकी, शक्ति उत्पन्न गर्ने केवललगायत सबै पार्टसको कनेक्सन नै परिवर्तन गरिन्छ । ती सबै पार्टको विद्युतीय पार्ट जस्तै मोटर, कन्टोलर, रोलर, ब्याट्री र चार्जरको परिवर्तन गरिन्छ ।

सो कामका लागि न्यूनतम ७ दिन बराबरको समय लाग्न सक्छ । सबै पार्ट कारको बोनटको नजिकै फिक्स गरिन्छ । त्यही ब्याट्रीको लेयर कारको चेसिसमा फिक्स गरिन्छ । बूट स्पेस पूरै खाली राखिन्छ । यस्तै, इन्धन ट्यांकी हटाएर त्यसको क्यापमा चार्जिङ प्वाइन्ट राखिन्छ ।

कारको मोडलमा कुनै पनि परिवर्तन गरिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP