मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेको दशौँ महाधिवेशनले नयाँ नेतृत्व पाएको छ । मंगलबार बिहान सौराहाको सेभेन स्टार होटलमा भएको मतदानपछि एमालेले अबको पाँच वर्षका लागि नयाँ नेतृत्व पाएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मति हुने चाहनामा उपाध्यक्ष डा. भीम रावलले ब्रेक लगाइदिए । अन्तिम समयसम्म पनि ओलीले सर्वसम्मतिको प्रयास गरे पनि सफल नभएपछि निर्वाचन भएको थियो ।

एमालेको यो महाधिवेशनले आगामी ५ वर्षका लागि अध्यक्षमा ओलीसहित १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य निर्वाचित गरेको छ । १९ जना पदाधिकारीमध्ये ५ जना सर्वसम्मत भए भने १४ जनाका लागि निर्वाचन भएको थियो ।

१९ मध्ये ९ जनाले पदाधिकारीमा डेब्यु गरेका छन् । सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा, विष्णु रिमाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ एमाले पदाधिकारीमा पहिलोपटक निर्वाचित भएका हुन् ।

जसमध्ये पाण्डे, नेम्वाङ, थापा उपाध्यक्षमा निर्वाचित भएका छन् । उपमहासचिवमा विजयी भएका रिमाल र सचिवमा विजयी भएका अर्याल, विश्वकर्मा, भट्ट, रायमाझी र महासेठ पनि पदाधिकारीमा पहिलोपटक निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP