सोमबार , भाद्र १५, २०८३

नेकपा (एमाले) को महाधिवेशनमा अध्यक्षमा पराजित भएका पूर्वउपाध्यक्ष भीम रावलले मत परिणाम यस्तो आउँछ भन्ने आफूलाई पहिल्यै थाहा भएको बताएका छन्।

अनौपचारिक मत परिणाम सार्वजनिक भएपछि संक्षिप्त कुरा गर्दै रावलले यस्तो हुन्छ भन्ने थाहा पाएरै आफूले पाइला चालेको बताए।‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो। सबै थाहा पाएरै पाइला चालेको हुँ,’ रावलले भने,‘बाँकी कुरा अहिले घोषणा सभामा अध्यक्षलाई बधाई दिएर आएपछि भन्छु।’

मंगलबार दिउँसो सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदा रावलले २२३ मत पाएका छन्।एमालेको नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष निर्वाचित भएका थिए। यसपालि ओलीले आफूले छानेको सूचीमा सबैलाई सहमति गर्न आग्रह गर्दा रावलले अस्वीकार गर्दै उनीविरूद्ध उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP