मंगलबार , बैसाख २९, २०८३

पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ६ सय ६ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव १८ प्रतिशत अर्थात् तीन सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका तीन सय ६ जनासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १६ हजार नाै सय ६६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ४८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार दुई सय ७४ जना पुगेको छ ।

यही अवधिमा ६ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ७७ पुगेको छ ।

अहिले नेपालमा सात हजार दुई सय १५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेकामा दुई सय २२ जनाको आईसीयू र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा थप १५ हजार नौ सय ६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP