शनिबार , बैसाख ६, २०८२

नोट निष्कासन तथा व्यवस्थापनको जिम्मा पाएको राष्ट्र ब्यांकले गत असारसम्म रु. ७९ अर्ब ८१ करोड मूल्य बराबरका नयाँ नोट स्टक मौज्दात रहेको जानकारी सार्वजनिक गरेको छ। केन्द्रीय ब्यांकले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत असारसम्म रु. ५ देखि १ हजार दरसम्मका विभिन्न नोटको परिमाणमा मौज्दात रहेको जानकारी दिएको हो। यसमध्ये सबैभन्दा धेरै रु. १ हजार दरको रु. ५४ अर्ब १० करोड मूल्य बराबरको नोट मौज्दात रहेका छन्।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा नयाँ नोटको मौज्दात करीब ६ गुणाले बढेको छ। आर्थिक वर्ष २०७६/७७ को अन्त्यमा राष्ट्र ब्यांकमा रु. १३ अर्ब ९ करोड मूल्य बराबरको नोट मात्रै मौज्दात थियो।

नोट छपाईसम्बन्धी गुरुयोजना अनुसार, नयाँ नोट धमाधम छाप्दै गएपछि केन्द्रीय ब्यांकमा नोट मौज्दात बढेको हो। गत आर्थिक वर्ष २०७७/७८ मा राष्ट्र ब्यांकले रु. ५ को दरका ८ करोड थान, रु. १० को दरका ८ करोड थान, रु. २० को दरका १७ करोड थान, रु. ५० को दरका ८ करोड थान, रु. १०० को दरका १२ करोड थान र रु. १००० को दरका १३ करोड थान नोट छपाएको थियो।

केन्द्रीय ब्यांकका अनुसार, गत असारसम्म बजारमा विभिन्न दरका गरी रु. ६ खर्ब ८३ अर्ब ५० करोड मूल्य बराबरका नोट चलनचल्तीमा छन्। यसमध्ये सबैभन्दा धेरै रु. १००० को दरका ४८ करोड ८६ लाख थान नोट प्रचलनमा छन्।

चलनचल्तीमा न्यून भइसके पनि बजारमा रु. १ को दरका १६ करोड १० लाख र रु. २ को दरका ९ करोड २६ लाख थान नोट चलनचल्तीमा रहेको केन्द्रीय ब्यांकको अभिलेख छ।

केन्द्रीय ब्यांकले पूराना र झुत्रा नोटलाई प्रणालीबाट हटाउने व्यवस्था अनुसार, गत आर्थिक वर्षमा रु. १२ अर्ब ५४ करोड मूल्य बराबरका चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका नोट जलाएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP