सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेको १०औँ महाधिवेशनले केपी ओलीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा भएको महाधिवेशनमा भएको मतदानबाट नेतृत्व चयन गरिएको हो ।

अध्यक्षमा विजयी भएका ओलीले १८४० ल्याए । तर, ओलीभन्दा बढी मत ल्याएर उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा गोकर्ण विष्टले मत पाएका छन् ।

ओलीको भन्दा उनीहरूले बढी मत ल्याएर महाधिवेशनमा पपुलर मत पाएका हुन् । उपाध्यक्षमा निर्वाचित शाक्यले १९७६ र सचिवमा निर्वाचित विष्टले १९७६ मत ल्याएका छन् ।

साथै ओलीभन्दा बढी मत ल्याउने पदाधिकारीमा उपाध्यक्षत्रय सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ र युवराज ज्ञवालीले १८४२ मत ल्याएका छन् ।

साथै सचिवमा निर्वाचित योगेश भट्टराईले पनि ओलीको भन्दा बढी मत ल्याएका छन् । उनले १९६४ मत पाएका छन् । न्युज कारखाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP