सोमबार , भाद्र १५, २०८३

चार दिनदेखि चलेको नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनका लागि मतदान जारी छ । अध्यक्ष उम्मेदवार केपी शर्मा ओली र भीम रावलले मतदान गरिसकेका छन । राति २ बजेदेखि हुने भनिएको मतदान बिहान ४ बजेबाट सुरु भएको हो ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि एमालेले १० औँ महाधिवेशनको नेतृत्व मतदानबाट चुनिन लागेको हो । सोमबारदेखि निर्वाचन प्रक्रिया सुरु भए पनि केही पद सर्वसम्मत भएका छन् । अध्यक्षपछि महत्वपूर्ण मानिएका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवलगायत पद सर्वसम्मत भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको मात्र उम्मेदवारी परेको छ । उता तीनजना महासचिवका लागि पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमालको उम्मेदवारी परेको छ । एमाले विधानमा उल्लेख भए अनुसारको सिट संख्या बराबर उम्मेदवारी परेपछि यी पद सर्वसम्मत भएका हुन् ।

केन्द्रीय पदाधिकारीका महत्वपूर्ण वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिवसँगै अन्य केही पदसमेत सर्वसम्मत भएका छन् ।

प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा खुला र महिला केन्द्रीय सदस्य सर्वसम्मत भएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेश खुला केन्द्रीय सदस्य सर्वसम्मत भएका छन् ।

उपत्यका विशेष खुला र महिला एकएक पदमा सर्वसम्मत भएको छ भने सम्पर्क समन्वयतर्फ खुला र महिला पद सर्वसम्मत भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार समावेशीतर्फका अधिकांश पद सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP