सोमबार , भाद्र १५, २०८३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेबाट विद्रोह गरेको बताउनुभएको छ ।

आज सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र चितवनको कुम्भ मेला नै पर्याप्त रहेको बताउनुभएको हो । उहाँले नेकपा एमाले पार्टीभित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै नेकपा एमालेमा जनताको बहुदलीय जनवाद (जबज) का गफमात्रै हाँकिएको बताउनुभयो । कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने प्रवृत्तिले नै नेकपा एमाले कम्युनिस्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन भन्ने प्रष्ट पारेको भन्दै अध्यक्ष नेपालले एमाले अधोगतितर्फ गइसकेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामीले कम्युनिस्ट आन्दोलनमा विद्रोह गरेका छौँ । नेकपा एमालेबाट विद्रोह गर्‍याैँ । किन विद्रोह गर्‍याैँ भन्ने व्याख्या गरिरहनुपर्दैन, चितवनको तमासा नै पर्याप्त छ । त्यहाँको कुम्भ मेला नै पर्याप्त छ, त्यहाँ फरक मत राख्ने व्यक्तिहरूमाथि अपमान भएको हामीले समाचार पाइराखेका छौँ । त्यो नै पर्याप्त छ । जनताको बहुदलीय जनवादका गफमात्रै हाँक्ने आदेशको पालन गर्ने, त्यो प्रवृत्तिले नै प्रष्ट पार्दछ कि अब त्यो नेकपा एमाले कम्युनिस्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन, त्यो अब अधोगतितर्फ गइसकेको छ, दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ ।’

अध्यक्ष नेपालले नेकपा एमालेलाई विदेशीको दलालीले मात्र प्रशंसा गर्न सक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले महाधिवेशन उद्घाटनमा एमालेको उच्च प्रशंसा गर्नु शोभनीय नभएको बताउनुभयो । उहाँले राम्रो विचारधाराको पार्टीले राम्रो कै साथ दिने र नराम्रो विचारधाराको पार्टीले नराम्रोको नै साथ दिने भन्दै एमालेको कामले पार्टी कुन दिशातर्फ गइरहेको छ भन्ने प्रष्ट देखिने बताउनुभयो ।

फरक प्रसङ्गमा नेता नेपालले अहिले वामपन्थी, लोकतान्त्रिक शक्तिहरू मिलेर पाँच दलीय गठबन्धन सरकार बनाएको तथा देश र संविधान मास्नेहरूबाट मुक्ति दिलाएको बताउनुभयो । उहाँले देशलाई प्रगतिको दिशामा अघि बढाउनका लागि नेकपा एकीकृत समाजवादी लागिपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP