शनिबार , बैसाख ६, २०८२

अध्ययनका लागि विदेश जानेहरूका नाममा पछिल्लो तीन वर्षमा करिब एक खर्ब रूपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा ९७ अर्ब १ करोड रुपैयाँ शिक्षाका नाममा विदेसिएको हो।

कोरोना महामारीको समयमा पनि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिनेको संख्या खासै कमि नआएको समेत राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। सरकारले नेपालमा विद्यार्थी रोक्न नसक्दा शिक्षाका नाममा अर्बौँ रकम बाहिरिएको हो।

नेपालबाट आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी ६३ हजार २५९ जना विद्यार्थीले एनओसी लिएका थिए। उक्त वर्ष विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूका नाममा ४६ अर्ब २४ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांकले उल्लेख गरेको छ।

नेपाल समय
कोरोना महामारीले असर गरेको आर्थिक वर्ष २०७६/७७ मा ३४ हजार ९४ जनाले एनओसी लिएका थिए भने २५ अर्ब ८१ करोड रुपैयाँ शिक्षाकै लागि नेपालबाट बाहिरिन पुगेको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा पनि २७ हजार ९ सय ७८ जनाले एनओसी लिएको शिक्षा मन्त्रालयल एनओसी साखाको तथ्याङ्क छ। गत आर्थिक वर्षमा पनि २४ अर्ब ८६ करोड रुपैया बाहिरिएको छ।

विगत १० वर्षमा ३ लाख ५२ हजार ७१५ जनाले शिक्षा मन्त्रालयबाट विदेश अध्ययनका लागि एनओसी लिएका छन्। यस मध्ये करिब ८० प्रतिशत विद्यार्थी विदेशमा अध्ययनका लागि गएको शिक्षा मन्त्रालय एनओसी शाखाको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP