मंगलबार , भाद्र १६, २०८३

डिल्लीबजार कारागारमा रहेका चिनियाँ नागरिकलाई ‘छुटाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । काभ्रे घर भई काठमाडौंको सुकेधारा बस्दै आएकी २७ वर्षीया रविना थापालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्णप्रसाद पंगेनीले बताए ।

बलात्कार उद्योग मुद्दामा ०७८ असार १८ मा पक्राउ परेका चिनियाँ नागरिक लिउ यु अहिले पुर्पक्षका लागि थुनामा छन् । थुनाबाट ‘छुटाउँछु’ भनेर रविनाले चिनियाँ नागरिकको पत्नीसँग २० लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । थापाले मञ्जु ओली समेतको सहयोगमा ‘न्यायाधीशसँग सेटिङ मिलाएर छुटाउँछु’ भनेर चिनियाँ नागरिककी पत्नी कमला भुसालसँग २० लाख रकम ठगेको एसपी पंगेनीले बताए ।

थापालाई महाशाखाको टोलीले आइतबार साँझ छाउनीबाट पक्राउ गरेको हो । ठगीमा संलग्न अर्की आरोपी मञ्जु ओली फरार छिन् । ठगी मुद्दामा थप अनुसन्धान र कारवाहीका लागी थापालाई महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP