सोमबार , भाद्र १५, २०८३

नेपाली काँग्रेसले प्रदेश अधिवेशन र महाधिवेशनको निर्वाचन कार्यक्रम हेरफेर गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले निर्वाचन कार्यक्रम हेरफेर गरेको हो । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार मंसिर १६ गते प्रदेश अधिवेशन उद्घाटनपछि उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएकाे छ ।

यस्तै केन्द्रीय महाधिवेशनका कार्यक्रम पनि प्रभावित भएको छ । अब काँग्रेसले महाधिवेशन उद्घाटनपछि मात्र उम्मेदवारी मनोनयनको कार्यक्रम सुरु हुने पौडेलले बताए । काँग्रेसले मंसिर २१ बाट महाधिवेशन कार्यक्रम सुरु गर्ने कार्यक्रम तालिका बनाएको थियो । महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता नामावली (महाधिवेशन प्रतिनिधिको सूची) प्रकाशन हुनेछ ।

२२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीको कार्यक्रम र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिने कार्यक्रम थियो । मंसिर २४ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रमअघि उम्मेदवारी मनोनयन बाहेकको काम सम्पन्न हुने निर्वाचन समितिका सदस्य एकराज पोखरेलले बताए । मनोनयन दर्ता मंसिर २५ गते गर्ने नयाँ तालिका तयार पारेको पोखरेलले बताए ।

उनले भने, ‘महाधिवेशन उद्‍घाटनअघि महाधिवेशन प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्छौं । २४ गते महाधिवेशन उद्घाटन हुन्छ र २५ गते उम्मेदवारी दर्ता गर्न कार्यक्रम बनाएका छौं ।’ २५ गतेका लागि तय गरिएको मतदानको कार्यक्रम २६ गते र मत गणना २७ गते सुरु हुने पोखरेलको भनाइ छ । यसअघि काँग्रेसले २५ गते मतदान र २६ गते मतगणना गर्ने कार्यक्रम तालिका तय गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP