मंगलबार , बैसाख २९, २०८३

चिनियाँ कम्युनिस्ट पार्टीले नेकपा एमालेको महाधिवेशन सफलताको कामना गर्दै भिडियो सन्देश पठाएको छ । उक्त भिडियो सन्देशमा एमालेले द्विपक्षीय हितमा काम गर्ने र द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्ने उल्लेख छ ।

सन्देशमा भनिएको छ, ‘सीपीसी एमालेसँग सहकार्य गर्न तयार छ । राष्ट्रपतिको नेपाल भ्रमणले विकास र समृद्धिका लागि साझेदारी नयाँ रणनीतिक उचाइँमा पुगेको छ । एमालेले सकारात्मक योगदान पुर्याएको छ । चीन नेपालसँग काम गर्न तयार छ । पारस्परिक सम्मान र समृद्धिका लागि एमालेसँग मिलेर काम गर्न तयार छ ।’

टर्कीको भाटन पार्टीका अध्यक्ष डा डोगु पेरिन्सेकले कोभिड महामारीका कारण प्रभावित भएकाले उपस्थित हुने नसकेको उल्लेख गरेका छन् । उनले भविष्यमा नेपाल भ्रमण गर्ने र एमालेका नेतासँग अवसर मिल्नेछ जनाएका छन्। साथै महाधिवेशनको शुभकामनाका पनि दिएका छन् ।

भियतनाम कम्युनिस्ट पार्टीले पठाएको शुभकामना सन्देशमा पनि राष्ट्रिय एकता र स्वाधिनतामा एमालेले खेलेको भूमिकाबाट खुसी भएको उल्लेख छ । सन्देशमा पार्टीको सुदृढीकरण र सुखी नेपाली समृद्ध नेपाल अभियानले नयाँ उचाइ लिने उल्लेख छ । यस्तै, नेपाल र भियतनामबीचको सम्बन्ध सुदृढ र प्रगाढ रूपमा विकास हुने विश्वास व्यक्त गरेको छ ।

कांग्रेस आईका नेता अखिलेश यादव काठमाडौँहुँदै चितवन पुगेर फर्किएका छन् । बन्दसत्र ढिलो भएका कारण उनी कार्यक्रममा सहभागी हुन सकेनन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले पठाएको पत्र छोडेका छन् ।

सोनियाको पत्रमा भनिएको छ, ‘म सहभागी भएर शुभकामना दिन चाहेको थिएँ । तर, परिस्थितिले सकिएन । निमन्त्रणा गरेकोमा धन्यवाद । महाधिवेशन सफल होस् शुभकामना ।’

अल रसियन पोलिटिकल पार्टीका अध्यक्षले देशको सामाजिक आर्थिक परिवर्तनमा योगदान गरेकोमा नेकपा एमालेलाई बधाई दिएका छन् । साथै, नयाँ नेतृत्व संशक्त रूपमा देश विकास र समृद्धको दिशामाअघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

यस्तै, जर्मन सोसियल रूलिङ पार्टीले आफ्नै महाधिवेशन भएकाले महासचिव उपस्थित हुन नसकेको र एमालेको महाधिवेशन सफल होस् भनेर शुभकामना पठाएका छन् ।

बन्दसत्रमा सहभागी श्रीलंकाको जेबीपीका नेता विजिता लेडारले एमाले अझै बलियो भएर कम्युनिष्ट आन्दोलनमा जाओस् भनेर शुभकामना दिएका छन् । चितवनमा जारी नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा नेता लेडारले यस्तो शुभकामना दिएका हुन् ।

सो अवसरमा उनले नेपालले उठाएको सामाजिक मुद्दा बारे श्रीलंका जानकार रहेको र एमालेसँग सहकार्य पनि गरिरहेको बताए । उनले भूराजनीतिक रूपमा भूपरिवेष्ठित भएकाले नेपाल क्राइसिसमा रहेको पनि बताए ।

यस्तै सीपीआई लिबरेसन पार्टी भारत विहारका प्रतिनिधि वीरेन्द्रप्रसाद गुप्ताले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरित भएको बताएका छन् । उनले नेपाल र भारतबीच रोटीबेटी सम्बन्ध रहेको र हाम्रा समस्या धेरै मेल खाने पनि बताएका छन् ।

नेकपा एमालेको १०औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रमा उनले भने, ‘तपाईंहरू पनि लोकतन्त्रका लागि लडिरहनु भएको छ । हामी पनि लोकतन्त्रका लागि लडिरहेका छौं । आजादिपछि मिलेको अधिकार नरेन्द्र मोदीको फासिस्ट सरकारले कटौति गर्दै गइरहेको छ । किसान आन्दोलनमा मोदीलाई परास्त गरेका छौं । मोदी सरकारविरूद्व हरेक मोर्चामा लडाइए छ ।’ उनले मोदी आन्दोलन कै कारण लगातार पछाडि हटिरहेको पनि बताए ।

यस्तै कम्बोडियाका सांसद एवं कम्बोडियन पिपुल्स पार्टीका नेता यारा सोसले नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सफलताको शुभकामना दिएका छन् । उनले यो अविधेशन नेपालको इतिहासमा विरलै हुने राजनीतिक घटना बनोस् भनेर सुभकामना दिएका छन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा होस् भन्ने कामना पनि गरेका छन् । यस्तै, नेपाल र कम्बोडियाबबीच सुमधुर सम्बन्ध रहेको र अब राजनीतिक रूपमा पनि सम्बन्ध बढाउनु पर्ने बताए । राजनीतिक स्थायित्व सम्वृद्विका लागि नेपाल र कम्बोडियाबीच संस्कृति, राजनीतिक र अर्थतन्त्रमा सहकार्य हुनु पर्ने बताए ।

सन् २०१८ मा कम्बोडियाका प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ मा नेकपा एमालेका अध्यक्ष ओलीले कम्बोडिया भ्रमण गरेका थिए । महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले नेपालमा शान्ति, स्थिरता, समृद्ध नेपालको कामना गरे । सोही अवसरमा उनले भने ‘ओली ‘ग्रेट म्यान’ हुन् । दुई देशबीच सम्बन्ध हार्दिक छ। सम्बन्ध बलियो बनाउन ओलीको भूमिका छ।’ सोही क्रममा उनले पार्टीका अध्यक्षको शुभकामना सन्देश पनि ओलीलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP