मंगलबार , भाद्र १६, २०८३

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषणप्रति भारतीय मिडियाले आपत्ति जनाएको छ ।

कालापानी, लिपुलेकका विषयमा ओलीले ‘विवादित बयान’ दिएको भन्दै भारतीय मिडियाले यसलाई ‘बिग्रेको बोली’को संज्ञा दिएको छ ।

भारतीय मिडिया अमरउजालालेएमाले अध्यक्ष ओलीको भनाइप्रति आपत्ति जनाएको हो ।

यस मिडियाले समाचारमा लेखेको छ,‘नेपालका पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका सीपीएन–यूएमएलका अध्यक्ष केपी शर्मा ओलीले भारतसँगको सीमा विवादबारे विवादित बयान दिएका छन् । उनले आफ्नो पार्टी सत्तामा गएमा भारतसँग लिपुलेक, कालापानी र लिम्पियाधुरा वार्ताको माध्यमबाट फिर्ता लिने बताएका छन् ।’उसले समाचारको शीर्षकमा लेखेको छ,’नेपाल के पूर्व प्रधानमंत्री के बिगड़े बोल: कहा- ‘वार्ता के जरिए भारत से वापस ले लेंगे लिपुलेख, कालापानी और लिंपियाधुरा’ ।

अध्यक्ष ओलीले शुक्रवार चितवनमा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोहमा आफ्नो पार्टी पुनः सरकारमा जाने र कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP