मंगलबार , बैसाख २९, २०८३

राजनीतिक दलहरुबीच पार्टी सदस्यता बढाउने प्रतिष्पर्धा चलेको छ । नेकपा एमाले नेपाली काँगेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरुमा कार्यकर्ता थप्ने प्रतिष्पर्धा चलेको छ ।

महाधिवेशनमा होमिएको नेकपा एमालेले चितवनमा शक्ति प्रदर्शन गरिसकेको छ । उसले सक्रिय सदस्य संख्या थपेको छ । प्रतिनिधि २ हजार माथि पुर्याएको छ । एमालेले वरिष्ठ उपाध्यक्ष पद सृजना गरेको छ । उपाध्यक्ष पद थपेर ६ बनाएको छ । उपमहासचिव, सचिव जस्ता पदाधिकारी थपेको छ । स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य देखि केन्द्रीय सदस्य पनि फेरि थपेको छ ।

नेपाली काँग्रेसले क्रियाशील सदस्य बढाएर ९ लाख बनाएको छ । महाधिवेशन प्रतिनिधि पनि ४ हजारभन्दा बढी हुनेछन् । महाधिवेशन अगावै उपसभापति, महामन्त्री, सहमहामन्त्री जस्ता पद थपिसकेको छ । काँग्रेसभित्र पद थप्ने तयारी चलिरहेको छ । केन्द्रीय सदस्य पनि थपिने सम्भावना छ ।

नेकपा माओवादी केन्द्र पनि अधिवेशनमा होमिएको छ । माओवादीले यसअघि आमनिर्वाचनमा पाएको मतभन्दा दोब्बर ३० लाखभन्दा बढी कार्यकर्ता बनाउने महत्वाकांक्षा राखेको छ । माओवादीले पनि केन्द्रीय कमिटिलगायत पद बढाएको छ ।

देश संघीयतामा गएपछि दलहरुले कार्यकर्ता व्यवस्थापनको उपाय समेत भेटेका छन् । यसअघि स्थानीय निकाय र केन्द्र सरकार मात्र हुँदा त्यही अनुसार नेतृत्व थियो । संघीयतामा गएपछि प्रदेश क्षेत्रीय कमिटि बढेको छ । प्रदेश पनि बढेको छ । ठूलो संख्यामा दलहरुका कार्यकर्ता त्यतै व्यवस्थापन भएका छन् ।

प्रमुख राजनीतिक दलहरुमा नेता धेरै थपिएका छन् । हरेक दलको ३३० प्रदेश क्षेत्रीय कमिटिमा नेतृत्व थपिएका छन् । कतिपयले हरेक प्रदेशमा उपाध्यक्ष राख्ने नीति समेत बनाएका छन् ।

स्थानीय निकाय, प्रदेश क्षेत्रीय कमिटी, क्षेत्रीय कमिटी, प्रदेश कमिटी, केन्द्रीय कमिटी, केन्द्रीय पदाधिकारी जस्ता पदहरुमा दशौं हजार नेता बन्दैछन् । ठूला दलले यस्ता कमिटीहरुमा जिम्मेवारी दिएको आधारमा देशमा लाखौं नेता थपिएका छन् ।

७५३ स्थानीय निकायमा दलहरुको अध्यक्ष वा सभापतिलगायत पदाधिकारी र सदस्य गन्दा हरेक दलबाट स्थानीय निकायमा कम्तिमा २० हजारले जिम्मेवारी पाएका छन् । स्थानीय निकायमा मात्र मुख्य दलहरुबाट एक लाखभन्दा बढीले जिम्मेवारी पाइसकेका र पाउनेवाला छन् ।

प्रदेश क्षेत्रीय कमिटीको संख्या ३३० छ । उक्त कमिटिको प्रमुखसहित पदाधिकारी र सदस्यहरु सृजना गरिएकाले १० हजार जतिले पद पाएका छन् । दलहरुबाट झण्डै एक लाख जना त्यस्ता कमिटिमा व्यवस्थापन भएका छन् ।

७ प्रदेशमा प्रमुखसहित पदाधिकारी र सदस्य गरी हरेक दलबाट २ सय भन्दा बढीले जिम्मेवारी पाएका छन् । केन्द्रीय कमिटीमा हरेक दलको पदाधिकारीसहित ३ सय देखि ५ सयले जिम्मेवारी पाउने देखिएको छ । यसरी केलाउँदा देशमा स्थानीय, प्रदेश र केन्द्रमा दलहरुबाट २ लाखभन्दा बढी नेता बन्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP