शनिबार , जेठ ४, २०८२

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले महाधिवेशनको लोगो र मस्कटप्रति व्यङ्ग्य गरेका छन्। उनले गैँडाले झण्डा बोकेको भन्दै गैँडा पाइएन भने बाँदरले बोक्ने बताए।

एमालेको १०औं राष्ट्रिय महाधिवेशनको लोगोमा गैँडाले झण्डा बोकेको चित्र प्रयोग भएको छ। मस्कट पनि सोही चित्रको आधारमा निर्माण भएको देखिन्छ। अध्यक्ष नेपालले त्यसैप्रति व्यङ्ग्य गरेका हुन्। ‘गैँडाले त्यहाँ झण्डा बोकिरहेको छ। गैँडा पाइएन भने बाँदरले झण्डा बोक्नेछ। बाँदरबाहेक कोहीले बोक्नेवाला छैन,’ उनले भने।

नेपालले एमालेको अवशान सुरु भइसकेको बताए। ‘१०औं महाधिवेशनको फूर्ति नलगाए हुन्छ। त्यसको कुनै अर्थ छैन। सत्य र न्यायको आवाज नेकपा एकीकृत समाजवादीले बोक्छ,’ शुक्रबार एकीकृत समाजवादीको कर्णाली प्रदेशस्तरीय अगुवा पार्टी प्रशिक्षण भेलामा सम्बोधन गर्दै उनले भने।

अध्यक्ष नेपालले कसैकसैले एमालेसँग एकता भन्ने गरेको भए पनि एकता नहुने बताए। ‘केपी ओली हुँदासम्म कुनै कम्युनिस्ट पार्टीले एकता गर्नेवाला छैनन्,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP