शनिबार , जेठ ४, २०८२

नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको कांग्रेसले जनाएको छ ।

एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने देखिएकाले अधिवेशन सार्ने निर्णय भएको कांग्रेसका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । “यातायात र कार्यकर्ताको बसाइमा समस्या पर्ने भएकाले जिल्ला अधिवेशन केही दिनका लागि पछि सार्ने निर्णय भएको छ”, उनले भने ।

मङ्सिर १६ र १७ का लागि तय भएको सात प्रदेशको अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने गरी निर्वाचन समितिलाई जिल्ला कार्यसमितिले पत्र लेखेको छ । प्रदेश तथा केन्द्रको महाधिवेशनका प्रतिनिधि चयन भइसकेकाले जिल्ला अधिवेशनपछि सार्दासमेत फरक नहुने हुनाले १७ गतेपछि जिल्ला अधिवेशन गर्न सिफारिस गरिएको नेताहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP