आइतबार , बैसाख ७, २०८२

हिन्दु धर्मशास्त्रमा हरेक दिनको विशेष महत्व छ । साताको अन्तिम दिन अर्थात् शुक्रबारलाई काम सुरु गर्दा राम्रो बारका रुपमा हेरिन्छ ।

धर्मशास्त्र अनुसार शुक्र ग्रह भोगविलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो । त्यसैले आफ्नो श्रीमतीलाई कष्ट दिनु, कुनै पनि प्रकारको फोहोर वस्त्र लगाउनुले शुभ तथा अशुभ फल दिने गर्छ ।

शुक्रवारको दिन यी काम गर्नु राम्रो मानिन्छः

शुक्रबारको दिन देवी दुर्गाको पूजा गरिन्छ । त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ । महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ ।

शुक्रवार दिन सेतो वस्त्र लगाउनुहोस् । शुक्रवार घरमा तुलसीको वृक्ष लगाएर पुजा गरेमा पनि राम्रो मानिन्छ । शुक्र, ग्रहमा सबैभन्दा चम्किलो र प्रेमको प्रतिक भएका कारण पनि यो बार सबै कुराले शुभ हुने धर्म शासत्रमा उल्लेख छ ।

जानकारहरुका अनुसार शुक्रवार दिन सेतो वस्त्र लगाउँदा निकै उत्तम हुन्छ । त्यस्तै शुक्रवार घरमा तुलसीको वृक्ष लगाएर पुजा गरेमा पनि राम्रो मानिन्छ ।

आजको दिनमा चाँदी, चामल, दूध, दही, सेतो चन्दन, सेतो वस्त्र कुनै पुजारीको श्रीमतीलाई दान गर्दा फलिफाप हुन्छ भन्ने विश्वास रही आएको छ । आजको दिन घर छाडेर बाहिर हिड्दा पनि सेतो चन्दनको टिका लगाउन शास्त्रले भनेको छ ।

शुक्रवारको दिन भोजनलाई जुठो बनाउनु अघि केही भाग गाईलाई पनि बाँड्न सकेको खण्डमा सुनमा सुगन्ध हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP