मंगलबार , बैसाख २९, २०८३

१२औँ संस्करणको राष्ट्रिय जनगणना सङ्लन गर्ने कार्य सकिएको छ । तर, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भने जनगणना हुन सकेन ।

कात्तिक २५ गतेदेखि जनगणना गर्ने कार्य गरिएको थियो । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सफलता पूर्व जनगणना कार्य सम्पन्न भएको बताए । “छिटपुटबाहेक हामीले लक्ष्य राखेअनुसार नै जनगणना सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ,” उनले भने ।

बिहान ७ बजेदेखि राति ८ बजेसम्म पनि केही घरमा कोही पनि नभएकाले केही घरपरिवार जनगणनामा छुटेको उनले बताए । आज रातिसम्म त्यस्ता छुटेको घरमा पनि तथ्याङ्क संकलन गरिने उनले बताए ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरामा जान नदिएपछि सो क्षेत्रमा भने जनगणना हुन नसकेको उनले बताए । “भू–भाग हाम्रो हुँदा हुँदै पनि भारतले प्रवेश नै गर्न दिएन । जसका कारण सो क्षेत्रमा जनगणना गर्न सकिएन,” उनले भने ।

भारतको बाटो हुँदै सहज रुपमा जान सकिने टिङ्कर र छाङ्रू गाउँमा पनि भारतले जान नदिएको उनले बताए । तर, अप्ठ्यारो बाँटो भएपनि ती गाउँमा गएर गणकले जनगणना गरेको उनले बताए । उनकाअनुसार ती गाउँ कालापानी, लिपुलेक नजिकै छन् ।

पहिलो चरणमा गरिएकको सङ्कलित सूचीकरण अनुसार नै जनगणना भएको उनले बताए । जनगणनाका लागि विभागले ७७ जिल्लामा जनगणना कार्यालय स्थापना गरेको छ । राष्ट्रिय जनगणनाका लागि देशभर ४० हजार गणक परिचालन गरिएको थियो भने आठ हजार ५०० सुपरीवेक्षक सहभागी थिए ।

विभागले शुक्रबार पत्रकार सम्मेलन गरी राष्ट्रिय जनगणना कार्यबारे विस्तृत जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP