शनिबार , जेठ ४, २०८२

१२औँ संस्करणको राष्ट्रिय जनगणना सङ्लन गर्ने कार्य सकिएको छ । तर, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भने जनगणना हुन सकेन ।

कात्तिक २५ गतेदेखि जनगणना गर्ने कार्य गरिएको थियो । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सफलता पूर्व जनगणना कार्य सम्पन्न भएको बताए । “छिटपुटबाहेक हामीले लक्ष्य राखेअनुसार नै जनगणना सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ,” उनले भने ।

बिहान ७ बजेदेखि राति ८ बजेसम्म पनि केही घरमा कोही पनि नभएकाले केही घरपरिवार जनगणनामा छुटेको उनले बताए । आज रातिसम्म त्यस्ता छुटेको घरमा पनि तथ्याङ्क संकलन गरिने उनले बताए ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरामा जान नदिएपछि सो क्षेत्रमा भने जनगणना हुन नसकेको उनले बताए । “भू–भाग हाम्रो हुँदा हुँदै पनि भारतले प्रवेश नै गर्न दिएन । जसका कारण सो क्षेत्रमा जनगणना गर्न सकिएन,” उनले भने ।

भारतको बाटो हुँदै सहज रुपमा जान सकिने टिङ्कर र छाङ्रू गाउँमा पनि भारतले जान नदिएको उनले बताए । तर, अप्ठ्यारो बाँटो भएपनि ती गाउँमा गएर गणकले जनगणना गरेको उनले बताए । उनकाअनुसार ती गाउँ कालापानी, लिपुलेक नजिकै छन् ।

पहिलो चरणमा गरिएकको सङ्कलित सूचीकरण अनुसार नै जनगणना भएको उनले बताए । जनगणनाका लागि विभागले ७७ जिल्लामा जनगणना कार्यालय स्थापना गरेको छ । राष्ट्रिय जनगणनाका लागि देशभर ४० हजार गणक परिचालन गरिएको थियो भने आठ हजार ५०० सुपरीवेक्षक सहभागी थिए ।

विभागले शुक्रबार पत्रकार सम्मेलन गरी राष्ट्रिय जनगणना कार्यबारे विस्तृत जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP