मंगलबार , बैसाख २९, २०८३

गएको कात्तिक २५ गतेदेखि सुरु भएको राष्ट्रिय जनगणना आज बिहीवारदेखि औपचारिक रूपमा सकिएको छ ।

आजसम्म पनि गणनामा विशेष कारणले सहभागी हुन नपाएकाहरूकाे भने भोलि शुक्रवार पनि गणना गरिने तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । तर भोलि गणना भए पनि आजसम्मकै तथ्याङ्कलाई आधार मानिने उहाँको भनाइ छ ।

भोलि गणना गर्दा भोलि नै कसैको परिवारमा कोही जन्मिएका, मृत्यु भएका भए पनि आजसम्मकै तथ्याङ्क लिइने उहाँले बताउनुभयो । भोलिसम्ममा सबै गनेर सकिने उहाँले दाबी गर्नुभयो ।

विशेष कारणवश गणनामा सहभागी हुन नपाएको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने छ । गएको २५ गतेदेखि गणकहरू नागरिकका घरदैलामा पुगिरहेका छन् । जनगणनाका लागि देशभर आठ हजार पाँच सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । एक गणकले एउटा परिवारसँग २० मिनेटमा प्रश्नावली सोध्ने गरी औसत समयसमेत तय गरिएको थियो ।

तथ्याङ्क विभागले गणना औपचारिक रूपमा सकिएको दाबी गरे पनि कैयौँ व्यक्तिले भने आफूहरूकोमा गणनाका लागि मानिस नआएको भन्दै गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP