बिहिबार , बैसाख २५, २०८२

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको चितवनमा भोलिदेखि सुरु हुने १० औँ महाधिवेशनमा आफ्नो पार्टीलाई निमन्त्रणा नगरेकोमा कुनै अपसोच नरहेको बताएका छन् । यसबारे सञ्चारकर्मीहरूले प्रश्न गर्दा उनले भने, ‘नजाने गाउँको बाटो नसोध्नु ।’ नेता नेपालले एमालेलाई प्राइभेट कम्पनीको संज्ञा दिँदै अब एमालेसँग कुनै हालतमा एकता नहुने पनि जिकिर गरे । ‘त्यो पार्टी कम्युनिस्ट होइन, त्यहाँ एकता हुन्न,’ उनको भनाइ थियो । उनले पार्टीको झण्डा जनावरको हातमा दिएको प्रति पनि कटाक्ष गरेका थिए ।

कर्णाली प्रदेशमा पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत पुगेका नेता नेपालले आफूहरूले पार्टीलाई गतिशील बनाउन चाहेको पनि बताए । उनले भने, ‘हामीले विद्रोह गरेका हौँ । हामीले कम्युनिस्ट आन्दोलनको विद्रोहको विरासत बोकेका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP