सोमबार , भाद्र १५, २०८३

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको चितवनमा भोलिदेखि सुरु हुने १० औँ महाधिवेशनमा आफ्नो पार्टीलाई निमन्त्रणा नगरेकोमा कुनै अपसोच नरहेको बताएका छन् । यसबारे सञ्चारकर्मीहरूले प्रश्न गर्दा उनले भने, ‘नजाने गाउँको बाटो नसोध्नु ।’ नेता नेपालले एमालेलाई प्राइभेट कम्पनीको संज्ञा दिँदै अब एमालेसँग कुनै हालतमा एकता नहुने पनि जिकिर गरे । ‘त्यो पार्टी कम्युनिस्ट होइन, त्यहाँ एकता हुन्न,’ उनको भनाइ थियो । उनले पार्टीको झण्डा जनावरको हातमा दिएको प्रति पनि कटाक्ष गरेका थिए ।

कर्णाली प्रदेशमा पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत पुगेका नेता नेपालले आफूहरूले पार्टीलाई गतिशील बनाउन चाहेको पनि बताए । उनले भने, ‘हामीले विद्रोह गरेका हौँ । हामीले कम्युनिस्ट आन्दोलनको विद्रोहको विरासत बोकेका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP