मंगलबार , बैसाख २९, २०८३

संयुक्त राष्ट्र संघको महासभाले नेपालसहित तीन देशलाई अतिकम विकसित राष्ट्रको सूची (एलडीसी) बाट विकासोन्मुख मुलुकको रूपमा स्तरोन्‍नति गर्ने प्रस्ताव पारित गरेको छ ।

बुधबार बसेको ७६ औँ महासभाको ४० औँ पूर्ण बैठकले उक्त निर्णय गरेको हो । महासभाले नेपाल, बंगलादेश​ र लाओसलाई एलडीसी स्तरोन्नति गर्ने प्रस्ताव पारित गरेको हो ।

संयुक्त राष्ट्र संघका अध्यक्ष अब्दुल्लाह शाहिदले पनि नेपालसहित तीन देशलाई अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्‍नति गर्ने ऐतिहासिक प्रस्ताव पारित भएको जनाएका छन् ।

‘महत्वपूर्ण विकास प्रगति देखाउने बंगलादेश, नेपाल र लाओसको सरकार र जनतालाई बधाई छ,’ शाहिदले ट्विटरमा लेखेका छन् । संयुक्त राष्ट्र संघले गत फागुनमा नेपाललाई अतिकम विकसितबाट विकासोन्मुख मुलुकको रूपमा स्तरोन्‍नति गर्नका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP